१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने

नेपाल विद्युत् प्राधिकरणले गत फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । चैत र वैशाखको महसुलको हकमा जेठ ६ गतेसम्म तिर्दा दुई प्रतिशत छुट दिने भएको छ ।

रोकिएका उपकरण ल्याउन भारतले सघाउने

भारतीय ऊर्जा सचिव संजिवनन्दन सहायले आफ्नो भूमिमा रोकिएका नेपाली जलविद्युत् आयोजनाहरुको उपकरण नेपाल ल्याउन सहजीकरण गर्ने आश्वासन दिएका छन् ।

आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प

रसुवामा निर्माण भइरहेका आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । कोरोना भाइरसका कारण आयोजनाको काम पूर्ण बन्द भएको हो ।

रसुवामा निर्माणाधीन आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प

लकडाउन हटेर सामग्री ढुवानीमा सहज भएपछि मात्र काम अघि बढाउने आयोजनाहरूले जानकारी दिएका छन्।

लकडाउन अवधिमा विद्युत् महसुल संकलनका लागि सम्पर्क व्यक्ति तोकियो

रसुवामा विद्युत् महसुल संकलनका लागि सम्पर्क व्यक्ति तोकिएको छ। लकडाउन अवधिभर काउन्टर बन्द हुने भएकाले विद्युत् महसुल बुझाउन चाहने ग्राहकलाई सहज बनाउनका लागि सम्पर्क व्यक्ति तोकिएको हो।

जलविद्युत् प्रवद्र्धकले तत्कालै बिजुलीको भुक्तानी नपाउने

नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको महामारीका  कारण निजि क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई तत्कालै बिजुलीको भुक्तानी दिन नसक्ने जनाएको छ। प्राधिकरणको विद्युत व्यापार विभागले कोरोना भाइरसको महामारीको कारणले निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरुको मिटर रिडिङ, मासिक बिल भुक्तानी लगायतका काम गर्न नसकिने तत्कालै भुक्तानी गर्न नसकिने बताएको हो।

विद्युत् महसुल तिर्न नसके जरिवाना नलाग्ने

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न ग्राहकलाई अनुरोध गरेको छ । महसुल काउन्टरमा हुने भीडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउन लागिएको हो ।

रसुवामा विद्युत् खपत बढ्यो

रसुवामा जिल्लामा जलविद्युत् आयोजनाको निर्माण, विद्युतीकरणमा विस्तार तथा गुम्बा तथा मन्दिर निर्माण भएका कारण खपत बढेको हो।

मुख्य सुरुङको ब्रेक थ्रु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङको शुक्रबार ब्रेक थ्रु भएको छ।

तीन दिनसम्म अन्धकार बन्दै कालीकोट

जिल्लाको एकमात्र लघु जलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ।

प्रस्तावित विद्युत् महसुलबारे सार्वजनिक सुनुवाई हुने

विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट विद्युत् महसुल निर्धारणको लागि आएको प्रस्तावमाथि चैतको दोस्रो सातादेखि सार्वजनिक सुनुवाई गर्ने भएको छ।

नेपालको विद्युत् किन्न भारतलाई आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले छिमेकी भारत समक्ष नेपालबाट विद्युत् खरिद गर्न अनुरोध गरेका छन्।

१५ सय मेगावाटका आयोजना प्रभावित

विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन जलविद्युत् आयोजना एक वर्ष पछि धकेलिने भएका छन्।

अरुण तेस्रो निर्धारित समयमैं सकिन्छ

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले लामो समयदेखि अलपत्र अरुण तेस्रो जलविद्युत् आयोजनाले गति लिएकामा खुसी व्यक्त गरेका छन्।

अतिरिक्त महसुल तिर्न परेर उद्योग बन्द: महासंघ

नेपाल विद्युत् प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक करिडोरका उद्योगहरुसँग ‘नियमावलीविपरीत’ यसअघि प्रयोग गरेको बिजुलीबापत ६६ प्रतिशत थप महसुल लिन खोजेकोमा निजी क्षेत्रले आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्