७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य तीव्र

आयोजनाका अधिकांश संरचना निर्माण भई कोभिड सङ्क्रमणको असरले बाँकी रहेको विद्युत्गृहका उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ। भूमिगत संरचनाबाट निर्माण भइरहेको सो आयोजनाको विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्वाइन जडान हुने सिनियर इलेक्ट्रिकल इञ्जिनियर महेन्द्र यादवले जानकारी दिए।

तनहुँ जलविद्युत् आयोजनाः सुक्खायाममा विद्युत् आपूर्तिमा सहज

ऋषिङ गाउँपालिका–१ झापुरटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट सुक्खायाममा विद्युत् आपूर्तिमा सहज हुने भएको छ।

दुगडको ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ विमोचन

एमभी दुगड ग्रुपका कार्यकारी अध्यक्ष मोतीलाल दुगडले लेखेको ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’ नामक पुस्तकको विमोचन गरिएको छ।

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११.३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरूको संख्या ३०२ वटा छ।

दालगाउँमा मोटर पुग्दा स्थानीय हर्षित

आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्‍याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माणमा गरिएको जनाइएको छ।

एमसीसीले अगाडि बढाएका प्रसारण लाइन काठमाडौं उपत्यकाका लागि किन झनै महत्वपूर्ण छ?

नेपालको हालसम्मै ठूलो केवलकार परियोजना अगाडि बढाउन लागेका उद्यमी एवम् विश्लेषक अरुणकुमार सुवेदीका अनुसार काठमाडौं उपत्यकाको विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि ४०० केभी क्षमताको प्रसारणलाइन जरुरी रहेको बताउँछन्।

बिजुलीको पोल सार्न नयाँ मापदण्ड तयार

प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको जनाएको छ । कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नुपर्ने दायित्व लगायत व्यवस्था छन्।

सोलु दुधकोसी जलविद्युत् आयोजनाः डोम र पाइप जडान चुहिँदाचुहिँदै परीक्षण गर्दा दुर्घटना भयो

गत पुस ११ गते सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत् आयोजनाको वर्कसपमा पेनस्टक पाइप परीक्षणका क्रममा दुर्घटना हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो। दुर्घटनामा २६ वर्षीय इन्जिनियर सुवासराज रेग्मी र २९ वर्षीय इन्जिनियर अर्जुन थापाको ज्यान गएको थियो।

विद्युत् ट्रान्सर्फमर चोरी बढ्यो

ट्रान्सफर्मरभित्र तामाको मात्रा अधिक हुने र तामाप्रति किलो १५ सय देखि २ हजारसम्म बिक्रिी हुने गरेकाले ट्रान्सर्फर चोरहरूको निसानामा पर्ने गरेको छ। सय केबिएको ट्रान्सर्फरमा ६० देखि ७० किलोेसम्म तामा रहने गर्छ। चोरहरूले तारलाई सर्ट गरी फ्युज गराएर ट्रान्सर्फरबाट तामा चोरेर लाने गरेका छन्।

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ।

ठूलोखोला जलविद्युत आयोजनाकाे निर्माण सुरु

तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ। एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए।

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदुर बेपत्ता

जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ।

मार्तडीमा राष्ट्रिय प्रसारणको बिजुली

नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडी लगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।

वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झर्‍यो

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८–७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्