७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार अधुरै

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत् विस्तार योजना अधुरै रहेको छ। यहाँ चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन सकेको छैन।

विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो। ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार अधुरै रहन गएको छ। काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको खातामा सो गाउँपालिकाले एक करोड जम्मा गरेको थियो।

उक्त रकममा प्राधिकरणले एक करोड थपेर काम अघि बढाएको थियो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लकाअनुसार पटकपटक ताकेता गर्दासमेत प्राधिकरणले विद्युतीकरणको काममा ध्यान दिएको छैन। प्राधिकरणको हेटाैँडा वितरण केन्द्रको कार्यालयमा रहेको अभिलेखअनुसार गाउँपालिकाको खैराङ–खुर्कोट क्षेत्रमा  ३४५ बिजुलीको पोल लगिएको छ। तर सो क्षेत्रमा ७५ पोल मात्र रहेको पाइएको छ।

प्राधिकरणको प्रतिवेदन अभिलेखमा सबै काम भएको पाइए पनि सो गाउँपालिकाको विभिन्न स्थानमा खम्बा, तारलगायत सामग्री यत्रतत्र छरिएर रहेको अध्यक्ष मल्लले बताए। विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, कर्मचारी र वडाध्यक्षका कारण काममा ढिलाइ भएको अध्यक्ष मल्लको आरोप छ। सो क्षेत्रमा चेपाङ र तामाङ समुदायको बसोबास रहेको छ।

प्रकाशित: १५ माघ २०७८ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App