८ वैशाख २०८१ शनिबार

सुरुङ छिचोल्दै नेपाल

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग छिचोलिएपछि सोमबारदेखि नेपालले विकासमा थप फड्को मारेको अनुभूति गर्न थालिएको छ। हुन पनि विदेशमा मात्र सुरुङ मार्गमा यात्रा गरेका र गर्न पाइने सुनेका नेपालीका लागि अब यस्तो यात्रा अपत्यारिलो रहेन।

निजगढमा सत्तारुढ दलको चुनावी ‘स्टन्ट’ वा अरू केही?

अधिवक्ता प्रकाशमणि शर्माले विमानस्थल निर्माणका अन्य विकल्प नखोजी र तिनलाई बाहिर नल्याई त्यही ठाउँमा बनाउँछु भनेर अघि बढ्ने हो भने उहाँहरूले फेरि पनि अदातलको अवहेलनाको मुद्दा खेप्नुपर्ने बताए। ‘यसैगरी अघि बढ्ने हो भने उहाँहरूले दुई वर्षसम्म कैद र अदालतमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने हुनसक्छ,’ उनले भने।

ठूला आयोजनामा विलम्ब नगर

मुलुकका लागि आवश्यक मेघा आयोजना बनाउनुअघि नै सम्पूर्ण तयारी गर्नु आवश्यक छ। आयोजना घोषणा भएपछि तोकिएको समयमा बनाउन कंहीँ कतैबाट व्यवधान नहुने वातावरण बनाएमात्र लिएको ऋणको उपयोगिता हुनेछ।

लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भोलि सोमबार औपचारिक रूपमा उद्घाटन गरिदैंछ।

गठबन्धन सरकारको मन्त्री र नेताद्वारा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नेतृत्व सरकारका तीन जना मन्त्री र सरकारमा सहभागी बनेका दलका नेताहरू सहभागी टोलीले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल टाँगिया बस्तीको निरीक्षण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्