१७ हजार भेडाच्यांग्रा निकासी
दसैंलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेडाच्यांग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौं लगाएर ल्याइएका भेडाच्यांग्रा म्याग्दी हुँदै निकासी गरिएको हो।
दसैंलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेडाच्यांग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महिनौं लगाएर ल्याइएका भेडाच्यांग्रा म्याग्दी हुँदै निकासी गरिएको हो।
नाका रसुवागढीबाट भेडाच्यांग्राको आयात सुरु भएको छ। दसैं आउन केही समय बाँकी रहँदा नाकाबाट भेडाच्यांग्रा आयात सुरु भएको हो।
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ७ मा एउटा शव फेला परेको छ । सोही वडाका करिब ४५ वर्षीय धनबहादुर कामीको शव फेला परेको प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
आकाशे पानीमा निर्भर रहेको सर्लाहीको लालबन्दी र नवलपुरमा यो वर्ष पानी नपर्दा गोलभेडा उत्पादन घटेको छ । उत्पादन घटेसँगै मुलुकमै चर्चित लालबन्दी र नवलपुर बजारको गोलभेडा कारोबारमा पनि कमी आएको छ।
जुम्लाका भेडाबाख्रालाई पिपिआर खोप दिन शुरु गरिएको छ । भेडाबाख्रामा महामारी फैलिन नदिनका लागि पिपिआर खोप दिन थालिएको जिल्ला पशुसेवा कार्यालय जुम्लाले जनाएको छ।
चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ ।खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका व्यक्ति पलायन हुन थालेका छन् ।
यो वर्ष रसुवागढी नाकाबाट ५५ ओटा भेडाच्याङ्ग्रा मात्र आयात भएको छ । तिब्बतमा भेडाच्याङ्ग्र्राको मूल्य बढेको र उत्पादन भएको च्याङग्रा त्यहीँ खपत हुने भएको कारण आयातमा कमी आएको हो । दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याङ्ग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ ।
हिमाली गाउँपालिका–६ स्थित राँगे भिरमा पहिरोमा पुरिएर एक युवकको ज्यान गएको छ भने १५ वटा भेडा पुरिएर मरेका छन् । मृत्यु हुनेमा हुम्ला श्रीनगरका ३५ वर्षका तुलबहादुर बुढा रहेका छन्।
मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ। जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए। ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए।
मुस्ताङ- हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन्।
जिल्लाको अति दुर्गम गुर्जा गाविसको चरन क्षेत्रमा चट्याङ पर्दा १५ लाख बराबर नोक्सानी भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ। गत मंगलबार राति माथिल्लो बुकीमा ९७ भेडाबाख्रा चट्याङ लागेर मरेका थिए।