१९ आश्विन २०८१ शनिबार
image/svg+xml

चलेका विद्यालयमा छोराछोरी भर्ना गराइदिन शिक्षामन्त्रीलाई दबाब

सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनुपर्‍यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्।

एसइईमा ५ लाख ४ हजार ४१४ परीक्षार्थी

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यस पटक एसइई दिने छात्राको संख्या दुई लाख ५० हजार ७७२ र छात्रको संख्या दुई लाख ५३ हजार ६२७ छ। त्यस्तै ‘अन्य समूह’बाट पनि १५ जना परीक्षार्थी छन्।

शिक्षामन्त्री सुमना श्रेष्ठले स्थगन गरिन् ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’

विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ।

आरविवी मर्चेन्टको सचेतनामूलक कार्यक्रम

नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व वित्तीय सप्ताह–२०२४’ देशभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ।

निःशुल्क पढाऊ, पत्रकारिता जोगाऊ !

यो देशमा जति बढी आवश्यकता नर्स, चिकित्सक तथा दमकलको छ, उति नै जरुरत पत्रकारहरूको छ। यस्तो अवस्थामा पत्रकारहरू जन्माइरहन पत्रकारिता शिक्षा निःशुल्क हुनुपर्छ।

‘विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक, २०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी सांसदबाट संशोधन गरिएको विधेयक बनेको छ।

लुम्बिनीबाट समृद्धि र विश्व शान्तिकाे आह्वान

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित आयोजना गरीएको लुम्बिनी सम्मेलन शुक्रबार सकिएको छ।

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिँदैनः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी छिन्।

गुणस्तरीय जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो।

एसइईमा राम्रो अंक ल्याउने ‘शिक्षामन्त्री सूत्र’

माध्यमिक शिक्षा परीक्षा (कक्षा १० एसइई) यही चैत १५ गते सुरु हुँदैछ। परीक्षा आउन एक साता मात्र बाँकी रहेको बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षामा राम्रो अंक ल्याउने सूत्रसहित विद्यार्थीलाई शुभकामना दिएकी छन्।

सरकारले भन्योः शुल्क निर्धारण एवं छात्रवृत्ति वितरण सम्बन्धी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्नु

सरकारले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति वितरण सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ।

शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीको हात-हातमा पुस्तक हुनुपर्छ: शिक्षा मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्तभित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ।

एसईईमा देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्