११ मंसिर २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपति भण्डारीले गरिन पलाञ्चोक भगवतीको पूजा

राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन्। उनि नेपाली सेनाको हेलिकप्टरबाट वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा अवतरण गरी बिहान १० बजे मन्दिर परिसर पुगेकी थिइन्।

दशैँमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन्। उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

राष्ट्रपति र सरकार प्रमुखविरुद्ध मुद्दैमुद्दा

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध पाँचवटा रिट दर्ता भएका छन्। गत वर्ष मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध ५ सय ६२ वटा मुद्दा परे। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका संवैधानिक अंगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अहिलेसम्म हुन सकेको छैन।

जिएसआईलाई सम्बोधन परराष्ट्र नीतिविपरीत

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) द्वारा आयोजित ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) सम्मेलनलाई बुधबार गरेको सम्बोधनप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ।

संयुक्त विद्यार्थी संगठनको राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताइन्। उनले राष्ट्रपतिलाई शस्तलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन्। उनले नेकपा एमाले निर्वाचन बिरोधी शक्ति भएको आरोप लगाइन्।

आन्दोलन गर्न लोसपाको सर्कुलर

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकारण नगरेको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कार्यकारिणी समितिले देशव्यापी आन्दोलन गर्न मातहतका समितिलाई सर्कुलर जारी गरेको छ।

‘राष्ट्रपतिलाई पदमा बस्ने अधिकार छैन’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि पेस भएको नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नगरेको भन्दै चौतर्फी विरोध भएको छ।

‘चुनाव टारेर सरकारको विकल्प खोज्ने कसरत’

शेरबहादुर देउवा नेतृत्वको सरकारको विकल्प खोज्न निरन्तर सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरणमा हलो अड्काएर मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन धकेल्न नयाँ सरकार गठनको विकल्प खोज्ने कसरतमा छिन्।

राष्ट्रपतिबाट संवैधानिक संकट

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयकलाई अनिर्णयमै छाडिदिनुलाई संविधान अनुकूल मान्न सकिन्न।

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको सत्तारुढ चार दलको ठहर

‘राष्ट्रपतिको यो गैर संवैधानिक कदमबाट जनतले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको छ’ विज्ञप्तिमा भनिएको छ। यस्तै, राष्ट्रपति भण्डारीको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको पनि गठबन्धनको आरोप छ।

राष्ट्रपतिबाट संविधान फेरि उल्लघंन, संघीय संसद्को पनि अपमान

संवैधानिक सीमा पटक पटक मिच्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनबाट दोस्रो पटक पारित भएर शीतल निवास पुगेको नागरिकता विधेकलाई प्रमाणिकरण गर्न अस्विकार गरेकी छन्।

नागरिकता विधेयक: १५औं दिन पुग्दा पनि राष्ट्रपति पुनः अनिर्णीत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकको समयावधि मंगबार(आज) १५ दिन पुग्दैछ।

संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्।

संविधान दिवसको अवसरमा ६८१ कैदीलाई माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन्।

नागरिकता विधेयक प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहीन संघर्ष समितिको धर्ना

आफूहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्