२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सिंगो वस्तीमा झाडापखाला

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिंगो वस्तीमा झाडापखालाको प्रकोप फैलिएको छ। साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन्।

दूषित पानीका कारण ५० बढी बिरामी

रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० जना भन्दा बढि झाडापखालाले विरामी परेका छन्।

झाडापखालाको प्रकोप नियन्त्रणउन्मुख

गत मंगलबार झाडापखाला लागेका पाँच बिरामी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आएपछि झाडापखाला फैलिएको बारे स्वास्थ्यकर्मीलाई जानकारी भएको थियो।

अस्पतालमा झाडापखाला र टाइफाइडका बिरामी

चिकित्सकका अनुसार टाइफाइड र झाडापखाला भएर आउने बढी छन्। यी दुवै रोग दूषित पानी र दूषित खानाको कारणले हुन्छ।

गुल्मीमा झाडापखालाबाट १ जनाकाे मृत्यु, १ सय ७० बढी बिरामी

गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ।

दजाकोटको झाडापखाला अझै नियन्त्रणमा आएन

स्थानीय नुरखोला खानेपानी प्रयोगपछि गाउँमा झाडापखालाको प्रकोप देखिएको मुसिकोट नगरपालिकाका सदस्य स्थानीय हरि छन्तेलले बताए। उनका अनुसार झाडापखालावाट अहिलेसम्म १ सय २० जना बिरामी भएका छन्।

प्रशोधन नगरी पानी पिउँदा झाडापखाला

२०६१ सालको गर्मीयाममा शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा वितरित दूषित पानीका कारण झाडापखाला फैलियो। झाडापखालाबाट तीनजनाले ज्यान गुमाए, झन्डै चार सयको हाराहारीमा बिरामी परे। माइलीपानी मुहान व्यवस्थित नहुँदा धारामा दूषित पानी वितरण भएको थियो। १४ वर्षपछि पातेटाकुरामा फेरि दूषित पानी वितरण हुँदा पहिलेझैं प्रकोप फैलिएको छ।

रोकिएन पश्चिम दाङको झाडापखाला, बिरामी संख्या १२ सय पुग्यो

शनिबारदेखि पश्चिम दाङमा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या बाह्र सय पुगेको छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण आइतबार बेलुकासम्म बिरामी हुनेको संख्या एघार सय ७३ पुगेको शान्तिगर स्वास्थ्य चौकीका प्रमुख हरि पुनले जानकारी दिए। सिंगो गावैँभरी फैलिएको झाडा पखालाका कारण मानवीय क्षेतीभने भएको छैन। ‘बिरामीहरु थपिने क्रम अधिक छ’, उनले भने, ‘तर मानवीय क्षेती भने अहिलेसम्म भएको छैन।’

पश्चिममा झाडापखाला प्रकोप : बिरामी संख्या हजार नाघ्यो

पश्चिम दाङमा फैलिएको झाडापखाला झन पछि झन विकराल बन्दै गएको छ । शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या १ हजार नाघेको छ ।

झाडापखालाले चार सय बिरामी

पश्चिम दाङस्थित शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ। दूषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय बिरामी परेका छन्। शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ बिरामी उपचारका लागि पुगेका छन्। बिरामी हुनेमा अधिकांश महिला छन्। ‘अहिलेसम्म ३ सय ८४ जना झाडापखालाका बिरामी उपचारका लागि आएका छन्,’ स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, ‘बिरामी आउने क्रम जारी छ।’

सकरपुरामा झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ।  पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन्।

यमनमा झाडापखालाका कारण ५१ जनाको मृत्यु

यमनमा झाडापखालाका कारण दुई हप्तामा ५१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

झाडापखालाका बिरामी बढे

राजधानीमा झाडापखालका बिरामी बढेका छन्। अस्पतालमा उपचार गर्न पुगेका बिरामीमध्ये अधिकांश झाडापखालाका रहेको चिकित्सकहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्