१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कोरोना भाइरसविरुद्ध जुम्लामा र्‍याली

जुम्लामा कोरोना भाइरसविरुद्ध र्‍याली निकालिएको छ। चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपालको जुम्लामा पनि उच्च सतकर्ता अपनाइएको हो। बुधबार नोवेल कोराना भाइरसका बारेमा चन्दननाथ नगरपालिकाको खलंगामा र्‍याली निकालिएको थियो। प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जुम्लाको बसपार्कदेखि जिल्ला ट्राफिक कार्यालय हुँदै सदरमुकामको बालमन्दिर नजिकै र्‍याली कोणसभामा परिणत भएको थियो।

कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द

कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ। चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो।

मुस्ताङमा छैन कोरोनाको चिन्ता

छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन।

सरकारले तयारी गरेन : प्रतिपक्षी

छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन ठोस कदम चाल्न नसकेको भन्दै प्रतिपक्षी सांसदले सरकारको आलोचना गरेका छन्।

‘तयारीपछि मात्र नेपाली फर्काऊ’

चनियाँ दूतावासले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाली निकायसँगै आफ्ना कर्मचारीलाई पनि खटाएर संयुक्त रूपमा काम गरिरहेको जनाएको छ।

कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गरेका छन्।

संक्रमण फैलिन नदिन सरकारकाे यस्ताे छ तयारी

सरकारले नोवेल कोरोना भाइरस संक्रमण र नियन्त्रणका लागि भईरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारबाट भएका काम कारबाहीको जानकारी गराएका हुन्।

कोरोना कहर

नेपालका केही सहरमा व्यवस्थित स्वास्थ्य संरचना भए पनि ग्रामीण क्षेत्रमा यसको अवस्था दयनीय छ। त्यसकारण कोरोना भाइरसको संक्रमण फैलियो भने नेपालमा भयावह स्थिति आउने निश्चित छ।

चीनमा कोरोना भाइरस नियन्त्रण गर्न ११ मुलुकको सहयोग

कोरोना भाइरसविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषसहित ११ मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको त्यहाँको सरकारले जनाएको छ।

हुबेईमा ८ हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा आठ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ।

यात्रु घटेपछि चीन उडान कटौती

नोवेल कोरोना भाइरसका कारण चीनका विभिन्न क्षेत्रमा जाने हवाई यात्रु घटेपछि विभिन्न एयरलाइन्सले उडान कटौती गरेका छन्।

चीनबाट आयातित ‘मास्क’ उतैतिर निर्यात

औषधि व्यवसायी संघ गण्डकीका महासचिव कृष्ण पाण्डेका अनुसार अहिले पोखरामा समेत मास्क अभाव हुन थालेको छ।

चीनमा रहेका विद्यार्थी छिट्टै नेपाल ल्याइँदै

चीनमा रहेर नेपाल आउन चाहेका एक सय ७० विद्यार्थीलाई नेपाल ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्