२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जनआन्दोलन– २०४६ का उपलब्धि

नेतृत्वकर्ताका हिसाबले शतप्रतिशत नै जस गणेशमानलाई दिनुपर्छ। तर उनी स्वयं भन्दै थिए– ‘जनआन्दोलन– २०४६ अवश्य पनि हामीले सुरु गरेका हौं तर पछि गएर जनता हामीभन्दा अगाडि पुग्यो। जनता अघिअघि हामी पछिपछि भयौँ।’

मलाई बाँच्न मन छ

तर,अफसोस आमा मसँगै तिम्रो पनि जीवन मेटिएको छ ए सेता लुगा लगाउने भगवानरूपी चिकित्सक हो, म र मेरी आमा अब तिमीहरू सबै बनाउने त्यो भगवानसामु एउटै कुरा माग्छौं हे भगवान्, या त हरेक नारीको गर्भधारण प्रक्रिया रोकियोस् कि त मानव निर्मित दानव ती मेसिनहरूबाट गर्भपतन।

यात्रा

र म कालो चौडामा आतुर यात्रा गरिरहेको हुन्छु ढुंगाको भारी बोकेर, आकाश झारेर, अँध्यारो छेक्न, पहाड उचालेर साँध लगाउन।

स्वतन्त्रता बोलेर आएको त्यो रात

जहिल्यै चैत २६ गते आउँदा म त्यही रात सम्झन्छु, जसले स्वतन्त्रताको उज्यालो बोकेर आएको थियो। त्यसयता परिवर्तनका अपेक्षा अनुसार काम नभए पनि प्रजातन्त्रको विकल्प छैन। प्रजातन्त्रको विकल्प बढी प्रजातन्त्र मात्र हो।

उपचार

त्यसपछि ससुरा बुबाले बुहारीको अनुहारमा हेर्दै मुसुक्क हाँस्दै भने, ‘अब हाम्रो नाति पूर्ण ठिक भयो। साँघुरो कोठाभित्रको एक्लोपनको उपचार डाक्टर र धामीझाँक्रीले गर्न सक्दैनन् बुहारी।’

धेरै भयो झुक्याएर भोट मागेको

दुश्मनहरू जलून्, जोस लिएर आउनु, अब आउँदा उद्देश्य, ठोस लिएर आउनु। धेरै भयो झुक्याएर,भोट मागेको अब त, छाप्राको समृद्धिको,उद्घोष लिएर आउनु।

निद्रा

‘आज अबेरसम्म गोपाल र बलराम निदाउन सकेनन्। चुनाव नभएसम्म भन्न सक्ने अवस्था पनि छैन। एउटालाई साझेदार दलका कार्यकर्ताले भोट नदिने हुन् कि भन्ने चिन्ता अर्कालाई आफ्नै पार्टीका कार्यकर्ताको अन्तर्घातको पिर। उता राकेशलाई भने मनमनै ‘जसले जिते पनि यिनीहरूलाई चलाउने मैले हो’ सोच्दै मीठो निद्रा पर्‍यो।

गहना

क्षणभरमै गहनाले धपधपी बलेको शिलुको शरीर त पात झरेको रुखजस्तो उजाड भयो। शिलु सबै गहना उतार्दा नराम्री त भइन् तर गहनाले सजाइदिएर वचनको धारले रेटेर अशान्त बनेको आफ्नो मन बिनागहना नै शान्त महसुस गर्न थालिन् शिललेु।

आखिर अस्तायो ओत

राधा भाउजूको महाप्रस्थानले एकपल्ट यो युगै हाँक्छु भन्ने आँट भएका पौरखिला श्रीमानलाई विधुर बनाएको छ। निरीह बनाएको छ। विदीर्ण बनाएको छ। मानसिक रूपले कृशकाय बनाएको छ। देशविदेशमा छरिएका र चम्किएका छोराछोरीलाई टुहुरो बनाएको छ। तिनले आमा नहुँदाको पीडा हृदयदेखि नै अनुभूत गरिरहेका छन्।

बधाई

सधैं त यस्तो रिसाएर चुर भएको देखेको थिइनँ। म एकछिन सोचमा परें। एकमनले भन्यो, ‘किन बेकारमा जंगलसँग बहस गर्ने।’

बाँच्न साह्रो छ ढक राख्नुपर्छ शरीरमा

दया नदेखाउने विधाता के हुन्छ,यहाँभन्दा धेरै घाटा के हुन्छ। बाँच्न साह्रो छ ढक राख्नुपर्छ शरीरमा, दुनियाँ जोक ठान्छ अरू निराशा के हुन्छ।

दीप मङ्ग्राती ‘निरीह’को लघुकथा कृति ‘छोइछिटो’ को अन्तरक्रिया सम्पन्न

लघुकथाकार दीप मङ्ग्राती निरीहले आमामा समर्पित भई लेखेको लघुकथा कृति ‘छोइछिटो’ अन्तरक्रिया सम्पन्न भएको छ।

रक्सी र भ्यू टावर

उसको देशले आफ्नै पैसाले धरहरा बनाउँछ भ्यू टावर बनाउँछ तर सडक बनाउन सम्पदा बनाउन पुल बनाउन देश चलाउन माग्दै हिंड्छ रिन खोज्दै हिंड्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्