२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कवि छवि अनित्यकाे ‘तुइनको बाटो’ सार्वजनिक

मकवानपुरे साहित्यकार छवि अनित्यको कविता कृति ‘तुइनको बाटो’ कोे गृह विमोचन भएको छ। नेपाली लेखक संघको राष्ट्रिय महाधिवेशनको क्रममा पोखरामा विमोचन गरिएको ‘तुइनको बाटो’को शुक्रबार एक कार्यक्रमकाबीच गृहविमोचन गरिएको हो। 

वरिष्ठ साहित्यकार एलबी क्षेत्री, साहित्यकार सुमन पोखरेल, मकवानपुरका शिक्षासेवी पुरणबहादुर जोशी र छवि अनित्यका बुवाआमाले ‘तुइनको बाटो’को गृहविमोचन गरेका हुन्। कार्यक्रमकाबीच समकालीन विश्वसाहित्य र नेपाली कवितामाथि साहित्यकारद्वय एलबी क्षेत्री र सुमन पोखरेलले विश्लेषण समेत गरेका थिए।

कार्यक्रममा हेटौडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, शिक्षासेवी पुरणबहादुर जोशी लगायतले मन्तव्य दिएका थिए। छवि अनित्यको यसअघि ‘हल्ला’कृति बजारमा आइसकेको छ।

प्रकाशित: २६ चैत्र २०७८ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App