प्रजातन्त्र स्थापनार्थ नेपालमा भएका आन्दोलनहरूमध्ये पहिलो जनआन्दोलन हो— जनआन्दोलन–२०४६। यसको परिकल्पना, रचना र नेतृत्वकर्ता गणेशमान सिंह हुनुहुन्थ्यो। अनेकौं राष्ट्रवादी दृष्टिकोणले यो जनआन्दोलन मौलिक र विशिष्ट प्रकृतिको रह्यो।
नेतृत्वकर्ताका हिसाबले शतप्रतिशत नै जस गणेशमानलाई दिनुपर्छ। तर उनी स्वयं भन्दै थिए– ‘जनआन्दोलन– २०४६ अवश्य पनि हामीले सुरु गरेका हौं तर पछि गएर जनता हामीभन्दा अगाडि पुग्यो। जनता अघिअघि हामी पछिपछि भयौँ।’