२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपालगन्जमा गण्डकी विकास बैंक

गण्डकी विकास बैकले नेपालगन्जमा शाखा सञ्चालन गरेको छ । बैंकका अध्यक्ष जगनबहादुर गुरुङले उक्त शाखाको उद्घाटन गरेका थिए ।

स्पेसउडका फर्निचर नेपालगन्जमा

भारतको स्पेसउड फर्निचरले नेपालगन्जमा आउटलेट खोलेको छ । उक्त कम्पनीका बेडरुम–सेट, अफिस फर्निचर, वर्क–स्टेसन तथा अन्य फर्निचर उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

नेपालगन्जमा चक्रपथ निर्माण अवरुद्ध

स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ (रिङरोड) निर्माण योजनालाई पूर्णता दिने विषयलाई जोडतोडका साथ उठाएका थिए । सोही अनुरुप नेपालगन्जवासीले चक्रपथ निर्माण पूरा हुने आशा राखेका थिए । तर, चक्रपथ निर्माण कार्यलाई पूर्णता दिने सम्भावना भने तत्काललाई टरेको छ।

नेपालगन्जमा रिङरोड बनाउने योजना असफल

स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ(रिङरोड) निर्माणको योजनालाई पुर्णता दिने कुरालाई जोडतोडका साथ उठान गरे।

नेपालगन्ज विमानस्थलको सन्ध्याकालिन सेवा बन्द

नेपालगन्ज विमानस्थलको कालोपत्रे निर्माण कार्य सुरु गरिएको छ। विमानस्थल कालोपत्रेका लागि सोमबारबाट काम थालिएको नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज बिमानस्थलले जनाएको छ। कालोपत्रे निर्माण कार्य आगामी फागुन २० गतेसम्म चल्नेछ।

बुद्धले पोखराबाट नेपालगन्ज उडान गर्ने

निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट नेपालगन्ज उडान गर्ने घोषणा गरेको छ । आगामी वैशाख १ गतेदेखि यो रुटमा उडान गर्ने घोषणा आइतबार गरेको हो ।

चिसोबाट बच्न नेपालगन्जमा दाउरा वितरण

शीतलहर र अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ।

नेपालगन्जमा पूर्वराजा र उपप्रधानमन्त्री थापाको गोप्य भेट

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएपछि राजसंस्था समर्थकहरु नेपालगन्जमा केन्द्रित भएका छन्। पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित दुई हप्ता लामो भ्रमणका लागी बिहीबार अपरान्ह नेपालगन्ज आईपुगेका थिए।

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन तेस्रो संस्करणको उपाधि जितेका छन् । दुर्गाले २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए।

नेपालगन्जमा नाकामा १५ टन मासु बरामद

नेपाल–भारत सिमानाका जमुनाहाबाट नेपालगन्ज भित्र्याउँदै गरेको ठुलो परिमाणको मासु बरामद गरिएको छ । भारतीय ट्रकमा लोड गरी भित्र्याउँदै गरेको १५ मेट्रीक टन मासु नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका, ‘धनाढ्य’ बीच रस्साकस्सी

नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरमा मेयर पदका प्रमुख दाबेदार भए पनि अन्तिममा किनारा लगाइएपछि एक नेताले भने, ‘यहाँ त टिकट पाउन पनि पैसा, जित्न पनि पैसा चाहिने रहेछ। ‘हामी त त्यत्तिकै राजनीति गरिरहेका रहेछौं।’

नेपालगन्जमै अड्किए मानसरोवर जाने तीर्थयात्रु

कैलाश मानसरोवर तिर्थ यात्राका लागी भारत, दिल्लीबाट आइपुगेका बिशाल गोयल ३ दिनदेखी नेपालगन्जमा बसिरहेका छन्। पहिलो पटक मानसरोवर जान लागेका उनी यात्र गर्न निकै उत्सुक देखिन्छन, तर यात्रा गर्न पाएका छैनन्।

नेपालगन्जको धम्बोझीमा भीषण आगलागी

नेपालगन्ज धम्बोझीस्थित श्रीया फर्निचरमा आगलागी भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी टेकप्रसाद राइले नागरिकन्युजलाई बताए।

नेपालगन्जमा कांग्रेसको 'रोचक प्रतीक्षा'

नेपालगन्ज उपमहानगरको चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रका प्रतिस्पर्धी कांग्रेसबाट तय भएर आउने सम्भावित उम्मेदवारलाई रोचकताका साथ कुरेका छन्।

महानगर बन्न चुक्यो नेपालगन्ज

सरकारले सोमबार स्थानीय तह पुनर्संरचनामा हेरफेर गर्दा विराटनगर र वीरगन्ज महानगरपालिका घोषणा भए। बाँकेमै पनि खजुरा गाउँपालिकाबाट नगरपालिकामा रूपान्तरण भयो भने राप्तीसोनारी गाउँपालिका दुई टुक्रा भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्