७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपालगन्जमै अड्किए मानसरोवर जाने तीर्थयात्रु

नेपालगन्ज—कैलाश मानसरोवर तिर्थ यात्राका लागी भारत, दिल्लीबाट आइपुगेका बिशाल गोयल ३ दिनदेखी नेपालगन्जमा बसिरहेका छन्। पहिलो पटक मानसरोवर जान लागेका उनी यात्र गर्न निकै उत्सुक देखिन्छन, तर यात्रा गर्न पाएका छैनन्।

चार जनाको टोली सहित दिल्लीबाट लखनउ हुदै स्थलमार्गबाट यहाँ आइपुगेका उनीहरु जहाजमार्फत नेपालगन्जबाट हुम्लाको सिमिकोट उड्ने प्रतिक्षामा छन्। ‘दिल्लीबाट नेपालगन्ज आएको तीन दिन बितिसक्यो, उड्ने समय निश्चित छैन,’ उनले भने ‘समय बिताउन एकदमै गाह्रो भइरहेको छ ।’

भारतको महाराष्ट्रबाट आएका एक तिर्थयात्रुले मौसमको प्रतिक्षा गर्दागर्दै नेपालगन्जमा तीन दिन बितिसकेको दुखेसो पोखे । ‘मौसम खुल्छ कि भनेर एयरपोर्ट गयो, फेरी फर्कियो,’ भारत महाराष्ट्रका एक यात्रुले भने ‘मानसरोवरको यात्रा नेपालगन्ज बसेरै बित्ला जस्तो छ।’

नेपालगन्जबाट हुम्लाको सिमिकोटसम्म उड्न मौसम प्रतिकूल हुनु र यात्रु चापको तुलनामा जहाजको उडान संख्या कम हुँदा यि धार्मिक पर्यटकहरु नेपालगन्जमा अड्किएका हुन्। मौसम खुल्ने प्रतिक्षा गर्दा गर्दै धेरै समय बस्नुपर्ने बाध्यता रहेको यात्रुहरु सुनाउँछन्। गोयलले भने, ‘बल्ल तल्ल मौसम खुल्छ, त्यो बेला उडान थोरै हुदो रहेछ, मौसम खुल्ने बित्तिकै नेपाल सरकारले उडान थपिदिने भए धेरै यात्रुहरु गन्तव्यमा पुग्न पाउथ्ये।’

मानसरोवर यात्रामा जाने हजारौं तिर्थयात्रु यतिबेला नेपालगन्ज र कोहलपुरका होटलमा खचाखच भरिएका छन् । यात्रुको चापले गर्दा होटललाई थेग्न गाह्रो भइरहेको छ । भारतको विभिन्न ठाउँबाट आएका यात्रु होटलमा बसेका छन् । भारतको महाराष्ट्रबाट आएका एक तिर्थयात्रुले मौसमको प्रतिक्षा गर्दागर्दै नेपालगन्जमा तीन दिन बितिसकेको दुखेसो पोखे । ‘मौसम खुल्छ कि भनेर एयरपोर्ट गयो, फेरी फर्कियो,’ भारत महाराष्ट्रका एक यात्रुले भने ‘मानसरोवरको यात्रा नेपालगन्ज बसेरै बित्ला जस्तो छ।’

अधिकांस यात्रुहरु ट्राभल एजेन्सीको प्याकेजमार्फत आएका छन् । उनीहरुलाई यात्रा अवधीभरको सम्पुर्ण खर्च प्याकेज अनुसार एजेन्सीले बेहोर्ने एक ट्राभल एजेण्टले बताए । ‘प्याकेजबाटै हामीले यात्रुहरुको खर्च बेहोर्छौ, बीच बाटोमा जति दिन बसेपनि लाग्ने खर्च हाम्रो हुन्छ,’ उनले भने। नेपाल सरकारले नेपालगन्जदेखी हिल्सा सम्मको रुटमा आवश्यक पुर्वाधार बनाएमा यस क्षेत्र ‘गेट वे मानसरोवर’ बन्न सक्ने ट्राभल व्यवसायी बताउँछन्। ‘नेपाल सरकारले नेपालगन्ज बिमानस्थलको स्तरउन्नती गर्नुप¥यो र हिल्सा सम्मको रुटमा पर्याप्त मात्रामा होटल र हवाई उडानको व्यवस्था गरिदिनुपर्छ,’ व्यवसायीले भने ।

नेपालगन्जबाट हुम्लाको सिमिकोट सम्म उड्न मौसम नखुल्ने समस्याले गर्दा जहाजहरुले जतिबेला मनलाग्यो त्यतिबेला उडान भर्न पाउँदैनन् । उनीहरुले पनि मौसमको प्रतिक्षा गरेर यात्रु उडाउँछन् । यात्रुको चापलाई मध्यनजर गर्दै अधिकांस निजी हवाई सेवा कम्पनीले नेपालगन्ज केन्द्रित उडान भरिरहेका छन्।

नेपालगन्ज बिमानस्थल कार्यालयका अनुसार निजी वायुसेवा कम्पनी गोमा, तारा, सिता र सिम्रिक एयरले नेपालगन्ज केन्द्रित उडान भरेका हुन् । बिमानस्थल प्रमुख प्रतावबाबु तिवारीका अनुसार गोमाका ३, ताराको ३, सिम्रिकका २ र सिताको एउटा जहाजले आफ्नो उडान नेपालगन्ज–सिमिकोट केन्द्रित गरिरहेका छन् । यसबाहेक नेपाल एयरलाइन्सको जहाजले पनि नेपालगन्ज–सिमिकोटका लागी सातामा दुई उडान भर्ने गरेको छ।

भौगोलिक विकटताले गर्दा ठुलो जहाज उडाउन सम्भव नभएको र साना जहाजले सरदरमा १५ देखी १८ जना यात्रु बोक्नु पर्ने र मौसमले साथ नदिदाँ यात्रुको चाप अनुसार धेरै ओसार्न नसक्ने तिवारीले बताए । ‘नेपालगन्जबाट सिमिकोट सम्म धेरै यात्रु पठाएर पनि त्यहाँ खान, बस्न समस्या हुन्छ,’ उनले भने ‘एक त यो रुटमा मौसमले साथ दिदैन, अर्कोतर्फ सिमिकोटमा धेरै यात्रुलाई बसाउने र खुवाउने ठाउँ छैन, धेरै जाने वित्तिकै त्यहाँ अलपत्र परिहाल्छन् ।’ सिमिकोट पुगेका यात्रुलाई हेलिकप्टरमार्फत हिल्सानाका सम्म पु¥याइन्छ । चिनको नाका प्रवेश गराएर ट्राभल एजेन्सीले स्थलमार्ग हुदै यात्रुलाई मानसरोवर दर्शन गराई पुनः नेपालगन्ज फर्काउने गर्छन् ।

सिमिकोट–हिल्सा रुटमा पनि मौसम प्रतिकुल हुने समस्या हुने गरेको बिमानस्थल प्रमुख तिवारी बताउँछन् । ‘बैकल्पिक रुपमा एमआई हेलिकप्टर उडाउन सकिन्छ, तर ट्राभल एजेन्सीलाई यो अलि महंगो पर्न जान्छ,’ उनले थपे । मानसरोवरका तिर्थयात्रुलाई लक्षित गर्दै यहाँका होटलले गुणस्तरिय सेवा दिइरहेको दाबी गरेका छन् । नेपालगन्ज र कोहलपुरमा सञ्चालित दर्जन बढी स्तरिय होटलमा तिर्थयात्रु बसिरहेका छन् । नेपालगन्जस्थित कलपत्रु होटलका म्यानेजर सरोजकुमार चन्दले होटलमा केहीदिन यता मानसरोवर यात्रुको उल्लेख्य मात्रामा भिड रहेको बताए । ट्राभल एजेन्सीका अनुसार नेपालगन्जमा दैनिक ३ हजार भन्दा बढी संख्यामा यात्रुहरु आउने गरेका छन् ।

प्रकाशित: २५ जेष्ठ २०७४ १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App