काठमाडौं– गण्डकी विकास बैकले नेपालगन्जमा शाखा सञ्चालन गरेको छ । बैंकका अध्यक्ष जगनबहादुर गुरुङले उक्त शाखाको उद्घाटन गरेका थिए ।
उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले आव ०७४-७५ को तेस्रो त्रैमाससम्ममा निक्षेप २० अर्ब ४३ करोड पुर्याएको छ । कर्जातर्फ १८ अर्ब ३२ करोड पुगेको बैंकले जनाएको छ।
प्रकाशित: ७ जेष्ठ २०७५ ०१:०४ सोमबार