कोरोना संक्रमितलाई ओसार्न नपाईने एम्बुलेन्स लागुऔषध सप्लाई गर्दै
कोरोना भाइरस संक्रमितलाई क्वारेन्टिन स्थलबाट आइसोलेसनसम्म लैजानका लागि एम्बुलेन्स नपाएर सर्लाहीका स्थानीय तहका प्रमुख एवं सुरक्षा अधिकारीहरुलई टाउको दुखाई बनिरहेको छ ।
कोरोना भाइरस संक्रमितलाई क्वारेन्टिन स्थलबाट आइसोलेसनसम्म लैजानका लागि एम्बुलेन्स नपाएर सर्लाहीका स्थानीय तहका प्रमुख एवं सुरक्षा अधिकारीहरुलई टाउको दुखाई बनिरहेको छ ।
प्रहरीले लागुऔषध ओसारपसारको आरोपमा एम्बुलेन्स सहित चालकलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट नियन्त्रणमा लिएको छ।
कृषक खोज्दै यहाँका गाउँगाउँमा कृषि एम्बुलेन्स पुगेका छन्।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिरामी बोक्ने एम्बुलेन्सलाई पनि कडाइ गरेको छ । बिरामीको बहानामा अनावश्यक यात्रु ओसारपसार गरेर एम्बुलेन्सको दुरुपयोग भइरहेको गुनासो बढ्न थालेपछि प्रशासनले एम्बुलेन्समा बिरामी र एकजना मात्र बिरामीको कुरुवा एम्बुलेन्सले बोक्नु पर्ने सूचना जारी गरेको छ ।
फेदीखोला गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिँदै गएपछि चिन्तित बनेका किसान हर्षित भएका छन्।
पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ।
कृषि उत्पादन वितरणलाई सहज बनाउन शिवराज नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ।
जिल्लाको हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। यहाँका दुःखी बिरामीलाई अस्पताल सम्म आउजाउ गर्न निकै समस्या भइरहेको बेला हिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा सञ्चालनमा ल्याएको हो। गाउँपालिकाले यहाँका स्थानीय बासी विरामी हुदा संस्था संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा बताउँछन्। उनका अनुसार आफ्नै एम्बुलेन्स आइपुगेपछि आकस्मिक सेवा प्रवाह गर्नका निकै सहज भएको हो। कोराना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण बिरामीको आवतजावत गर्न निकै कठिन भएको अवस्थामा यो सेवा सञ्चालनले निकै राहत मिलेको गाउँपालिका अध्यक्ष रजबहादुर शाही बताउँछन्।
कोरोना भाइसको प्रभावले किसानको उत्पादन खेतमै सुक्न थालेको र बजारसम्म पु-याउन नसकेको गुनासो आएपछि प्रदेश ५ सरकारले कृषिजन्य वस्तु ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउनको’ मारमा परेका सुत्केरी महिलालाई घर ल्याउनका लागि एम्बुलेन्स पठाएको छ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन्।
बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ।
देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ।
रसुवामा सञ्चालित ६ वटा एम्बुलेन्समध्ये चारवटामा छेकाबार लगाउने काम सकिएको छ। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआउँदासम्मका लागि जिल्लामा सञ्चालित एम्बुलेन्समा छेकाबार लगाउने काम गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानले लकडाउनको उल्लंघन गरेर नक्कली बिरामी बोक्ने एम्बुलेन्स, चालक र नक्कली बिरामीलाई पक्राउ गरेको छ। रूकुम पश्चिमदेखि दाङ जाँदै गरेका उनीहरूलाई सल्यानको सीमाखोलाबाट प्रहरीले पक्राउ गरिएको हो।