९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनको मारमा परेका सुत्केरी लिन नगरले पठायो एम्बुलेन्स

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउनको’ मारमा परेका सुत्केरी महिलालाई घर ल्याउनका लागि एम्बुलेन्स पठाएको छ।

मिसन अस्पताल ओखलढुंगाबाट तीन दिन अगाडि डिस्चार्ज भए पनि ‘लकडाउन’का कारण घर फर्कन नपाएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेकी सुत्केरी ज्ञानकुमारी घिमिरेलाई ल्याउनका लागि नगरपालिकाले एम्बुलेन्स पठाएको हो। सुत्केरी महिलालाई ल्याउनका लागि शनिबार एम्बुलेन्स पठाइएको नगरप्रमुख दिपनारायण रिजालले बताए।

यस्तै, पाठेघरको शल्यक्रीया गरेपछि काठमाडौंमै अड्किएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ की राउत थरकी महिला र मुटुको शल्यक्रीया गरेपछि बीर अस्पतालबाट डिस्चार्ज पाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका तुले कामीलाई पनि काठमाडौं बसाई अवधिभरका लागि खाद्यान्नको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७७ १०:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App