१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अकूत सम्पत्ति कमाएको आरोपमा अध्यागमन अधिकृतमाथि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति जोडेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध आज मुद्दा दायर गरेको छ।

विमानस्थलको सुरक्षा रोबोटले गर्ने

जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ। जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ।

गौतमबुद्ध विमानस्थललाई तीन अर्ब

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ।

विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित फेरि पक्राउ परे युनुस अन्सारी

करोडौँ नक्कली भारतीय रूपैयाँसहित युनुस अन्सारी सहित चार जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

जटिल मानिएको धावनमार्ग निर्माण सम्पन्न

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम सम्पन्न भएको छ। समय समयमा विविध कारणले अवरोध हुँदै आएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा महत्वपूर्ण र मुख्य काम धावनमार्ग अन्ततः मंगलबार तीन किलोमिटर पिचिङ गर्दै सकिएको हो।

दुबईमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान दुर्घटनामा परेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट तीन माइल दक्षिणमा विमान दुर्घटना भएको हो। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। विमान बिहीवार साँझ साढे ७ बजे दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

धनगढी विमानस्थलमा उडान बन्द हुँदा नेपालगन्जमा जहाजको चाप

धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।

गौतमबुद्ध विमानस्थल निर्माणमा बुटवल उपमहानगरपालिकाको अवरोध

विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्न लाग्दा भुक्तानी रोकिएको छ भने ढुगा गिटी पनि पाएको छैन।

एक वर्षभित्र विमानस्थलको स्वरुपनै फेरेर देखाउँछु- राजकुमार क्षेत्री

आफूले जागिर खाएको संस्थाको सबैभन्दा ठूलो पदमा पुग्ने। यसअघि पनि विमानस्थलमा कर्पोरेट प्रमुख भएर मैले १० वर्ष काम गरिसकेको थिए। अलिकति बेथिति हो कि, गर्नुपर्ने कुरा गरेनौं कि भन्नेचाहिं मलाई सधैं लाग्थ्यो।

२० दिनपछि जुम्ला विमानस्थल सञ्चालन

विमानस्थलको रनवे मर्मतको लागि भन्दै बैशाख ५ गतेदेखि बन्द गरिएको जुम्ला विमानस्थल बुधबारदेखि खुलेको छ। बिमानस्थल खुलेको पहिलो दिनमा समिट एयरको जहाजले नेपालगञ्ज, जुम्ला, नेपालगञ्जका लागि उडान भरेको थियो।

जेठ २१ गतेसम्म बन्द

सुदुरपश्चिमवाट काठमाडौं हवाई उडान हुने एकमात्र धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमाडौं आहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन्। काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ। हृदयघातलगायत केही गम्भीर बिरामीको सुदूरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई मार्गमार्फत उपचारका लागि बिरामी काठमाडौं जाने गर्थे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा आउने

गौतम बुद्ध विमानस्थल सन् २०१९ र पोखरा अन्तराष्ट्रिय विमानस्थल सन् २०२१ भित्र सञ्चालनमा ल्याइने भएको छ। सरकारले आफ्नो तीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखरा विमानस्थल २०२१ भित्र सञ्चालनमा ल्याउने बताएको हो। पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य ४० प्रतिशत पुरा भएको सरकारले जनाएको छ। निजगढ विमानस्थलको निर्माणकार्य सिघ्र गरिने भएको छ।

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

फानी आँधिको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ। मौसम प्रतिकुल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

आर्थिक चलखेलमा धनगढी विमानस्थल एक महिना बन्द हुने

देशका अन्य भागमा उडान हुने सुदूरपश्चिमको एकमात्र धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ। हवाई मैदान स्तरोन्नति र कालोपत्रे गर्ने भन्दै यही वैशाख २२ देखि जेठ २१ गतेसम्म बन्द गरिन लागेको हो।

एयरपोर्ट धुलिखेलमा बन्छः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्