१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आज आधा घण्टा विमानस्थल सेवा बन्द हुने

‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ।

१६ दिनपछि जोमसोममा विमान उडान सुचारु

मुस्ताङ जिल्लाको एकमात्र विमानस्थल करिब १६ दिनपछि सुचारु भएको छ। बढ्दो पर्यटकको चापलाई मध्यनजर गर्दै विमानस्थलअन्तर्गतको धावनमार्ग कालोपत्रेको काम सुचारु भएको थियो।

त्रिभुवन विमानस्थलको गेट अगाडि कारमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि कारमा आगलागी भएको छ। अचानक आगो लाग्दा गाडीको अगाडीपट्टीको भाग जलेको विमानस्थल प्रहरी कार्यालय प्रमुख एसएसपी सन्दिप भण्डारीले जानकारी दिएका छन्।

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

करिब १६ करोड रुपैयाँ खर्च गरेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थप गरिने भएको छ।

सुकेटार विमानस्थलको स्तरवृद्धि गरिँदै

करिब १६ करोड रुपैयाँ खर्च गरेर ताप्लेजुङस्थित सुकेटार विमानस्थलको स्तरवृद्धि तथा नयाँ संरचना थप गरिने भएको छ।

विमानस्थल स्तरोन्नतिले जगायो उत्साह

‘त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटकले बाह्रैमास लामीडाँडा विमानस्थल प्रयोग गर्न सक्ने भएका छन्। लामीडाँडा ओर्लेर सोलुखुम्बुसम्म पैदल यात्रा गर्ने र फर्केर यहींबाट काठमाडौं जाने पर्यटकका लागि पनि उपयोगी रुट खुलेको छ।’ यो भनाइ खोटाङ, रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका फटिक श्रेष्ठको हो। झन्डै दुई वर्ष सात महिना लगाएर कालोपत्रे गरिएको लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाइन्सको जहाजले परीक्षण उडान भरेपछि आयोजित कार्यक्रममा श्रेष्ठले सो कुरा बताएका हुन्। कांग्रेस नेता श्रेष्ठले विमानस्थल स्तरोन्नतिका कारण नयाँ सम्भावनाको ढोका खुलेकाले रावाबेंसी गाउँपालिकाका स्थानीयको भविष्य उज्वल रहेको उल्लेख गरे।

कालोपत्रे गरिएपछि लामीडाँडामा परिक्षण उडान (फोटो फिचर)

कालोपत्रे गरिएको खोटाङको लामीडाँडा विमानस्थलमा सफल परिक्षण उडान भरिएको छ। एक पटक थप भएको म्याद गुज्रेको झण्डै आठ महिनापछि कालोपत्रे पूरा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा विमानस्थलमा मंगलबार समिट एयरलाईन्सको विमानले सफल परिक्षण उडान भरेको हो।

विमानस्थलबाट गोली र पेस्तोलसहित भारतीय नागरिक पक्राउ

भैरहवा विमानस्थलबाट प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेका छन्।

पर्यटकबाट उठाउनु पर्ने ३३ लाख राजश्व उधारो

सिमकोट र नाम्खा गाउँपालिकाले सिमकोट विमानस्थलमा पर्यटकबाट सरसफाई शुल्क बापत जेष्ठ ३१ गते सम्म उठाउनु पर्ने ३८ लाख ४३ हजार सात सय राजश्वमा शुक्रबार सम्म जम्मा ५ लाख मात्र उठेको छ।

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ।

साउदी विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, २६ घाइते

यमनको हुथी विद्रोही समूहले साउदी अरबको दक्षिण–पश्चिममा रहेको एक विमानस्थलमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा २६ सर्वसाधारण घाइते भएका छन् । साउनी सेनाले जारी गरेको विज्ञप्तिअनुसार घाइतेमध्ये तीन महिला र दुुई बालबालिका रहेका छन् । अभा विमानस्थलमा रहेको आगमन हलमा हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ ।

दिल्ली विमानस्थलले भन्यो-'नेपालीलाई अवरोध गरिने छैन'

शुक्रबार स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको सबैतिर चर्चाा सुरू भएको छ।

धनगढी विमानस्थल एक महिनादेखि बन्द

सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उडान हुने एकमात्र नियमित उडान हुने धनगढी विमानस्थल बन्द भएको एक महिना बित्दा पनि सुचारु हुन सकेन। हवाई उडान बन्द हुँदा सुदूरपश्चिम प्रदेशका सर्वसाधारण प्रत्यक्ष मार्कामा परेका छन् भने पर्यटन, व्यवसायलगायत क्षेत्र प्रभावित बनेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ।

गौतमबुद्ध विमानस्थल जिटुजि अवधारणामा

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजि) अवधारणा अगाडि सारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्