३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

विगतको 'अफयर्स'ले लियो ज्यान, खुकुरी हानेर निर्मम हत्या

धनुषाको उत्तरवर्ती क्षेत्रमा पर्ने क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित लालभित्तीका एक युवकलाई छिमेकीले खुकुरी प्रहारगरी निर्मम हत्या गरेको छ। पूर्व-पश्चिम राजमार्गदेखि एक किलोमिटर उत्तर औरही खोलाकिनारमा रहेको बस्तीमा बुधबार साँझ करिब साढे ८ बजे २० वर्षीय राजु महतोलाई उनकै छिमेकी बाबु-छोराले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।

प्रहरी महानिरीक्षकबाट प्रहरी परिवारलाई टीका

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं प्रहरी अधिकृत तथा प्रहरी जवानहरु एवम् प्रहरी परिवारलाई बुधबार बिजयादशमीको टीका लगाइदिएका छन।

टीकाको उत्तम साइत बिहान ८ः४५ बजे

यस वर्षको बडादसैँको टीकाको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताए।

प्रहरी महानिरीक्षक अर्यालले दिए कुभिण्डो बली

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नक्सालस्थित  मौलोमा पूजाअर्चना तथा सङकल्प पूजा गरेका छन् । वडा दशैंमा नेपाल प्रहरीले परम्परागत रुपमा यो पूजा गर्दै आएको छ।

आज महानवमी पर्व, दुर्गा भवानीकाे पूजा गरी मनाइँदै

आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।

लहानमा दुईको मृत्यु

सिरहाको इटर्वामा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बिहानैदेखि बन्द बल्खु–हेटाैंडा सुमो सेवा सहमतिपछि सञ्चालनमा

बल्खुबाट फर्पिङ मार्ग भई मकवानपुर, बारा, पर्सा, सर्लाहीलगायत स्थानमा चल्ने टाटा सुमो सञ्चालन भएपछि बल्खुमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

बटुवालाई ढुङ्गा हान्ने सविताले नमस्कार गर्न थालेपछि...

साङ्लाले बाँधिएर घरभित्रै राखिएकी सविता कुँवर अहिले कक्ष १ मा पढ्छिन् । सुन्दरबजार–१ अकलाकी सविता मुख बोल्न सक्दिनन् नत उनी राम्रोसँग सुन्न नै सक्छिन् ।

महानगरमा बन्दैछन् १३० सार्वजनिक शौचालय

काठमाडौं महानगरपालिकाले करिब १ सय ३० वटा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। महानगरपालिकाभित्र खाली सार्वजनिक जमिनमा शौचालय निर्माण गर्ने महानगरले जनाएको छ ।

घरमै बसिरहेका सुनुवारलाई गैँडाले हानेर मार्‍यो

माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो।

प्रहरी महानिरीक्षक बन्न पाँच महिनाअघि नै अस्वस्थ प्रतिस्पर्धा

नेपाल प्रहरीमा भावी महानिरीक्षक(आइजिपी) नियुक्ति हुने समय आउनु पाँच महिनाअघि देखि नै सो पदका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । आइजिपीसँगै हाल कायम सबै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)ले पनि ३० वर्ष सेवा अवधि पूरा गरी आगामी फागुन १ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् र बहालवाला प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेकाहरुबाट एक आइजिपी बन्ने छन् ।

पानीकाे निकास नहुँदा लहानमा डुबान

मंगलबार बिहानैदेखि परिरहेको वर्षाका कारण लहान बजार डुबान भएको छ। जिर्ण अवस्थामा पुगेका पानी निकासी नालाको पानीसमेत राजमार्गमा छताछुल्ल हुँदा बजार डुबानमा परेको हो। राजमार्ग, भित्री बजार र सरकारी अड्डामासमेत नाला र वर्षाको पानी पसेको छ। वर्षाको पानी जाम परेको नालाबाट निकासी नहुँदा रामार्ग पोखरी बनेको छ। राजमार्गमा तीन फिटसम्म जमेको पानी छेवैका पसल र घरमा पसेर डुबान भएको छ।

अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न रहेका एक युवाको गोली हानी हत्या गरिएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्।

हत्यारा सालीका छाेरा जाेगाउन पूर्व प्रहरी महानिरीक्षकले यस्ताेसम्म गरे...

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृहका उच्च अधिकारीको संरक्षणका कारण हत्याजस्तो जघन्य अपराधका आरोपीले १३ वर्षसम्म उन्मुक्ति पाएको खुलेको छ। नेपाल प्रहरीका पूर्वएआइजी रुपसागर मोक्तान र सशस्त्रका पूर्वमहानिरीक्षक किशोरकुमार लामाको संरक्षणका कारण हत्या आरोपी १३ वर्षसम्म पक्राउ नपरेका हुन्।

मटिहानीमा एसएसवी र स्थानीयबीच झडप

महोत्तरी-सीमावर्ती बजार मटिहानीमा भारतीय एसएसवी र स्थानीयबीच सोमबार दिउँसो झडप हुँदा एक दर्जन भन्दा बढी स्थानीय घाईते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्