४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

हराउदै फुसको छाना टल्किँदै जस्तापाता

यहाँको साविकको जलकन्या गाविसको हायुडाडा(प्रतापेभन्ज्याङ) को भूकम्पपछि मुहारै फेरिएको देखिन्छ। विगत पाँच वर्ष अगाडीसम्म जस्ताको छानो भएको घर देख्न मुस्किल पर्ने यस टोलमा अहिले ९० प्रतिशत बढी घर जस्ताले टल्किएका छन्।

राइड टु सिन्धुलीगढी साइकल यात्रा

राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ। यात्रालाई पर्यटनमन्त्री योगेश भट्टराईले शुुक्रबार पशुपति क्षेत्रबाट शुभारम्भ गरेका हुन्।

सिन्धुलीगढीमा २५२औं विजयोत्सव

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले २०६७ सालदेखि प्रत्येक वर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने परम्परा बसाएको थियो।

२५२ औँ विजय उत्सवः सिन्धुलीगढीमा ऐतिहासिक युद्ध संग्रहालय बन्दै

यहाँको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय बन्ने भएको छ। नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं विजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमकाबीच युद्ध संग्रहालयको रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेका छन्। नौ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गर्ने कार्य थालेको नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले जानकारी दिए।

बोलबमका तिर्थालुले सिन्धुलीका होटल भरिभराउ

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा रहेका ठूला तथा मध्यमस्तरका होटल साउन महिनाका तिर्थालुले भरिएका छन्। विपी राजमार्ग हुदै खोटाङको हलेसी महादेव मन्दिर तथा काठमाडौंको पशुपति मन्दिरमा दर्शन गर्ने जाने बोलबमका तिर्थालुले जिल्ला सदरमुकाम सहित खुर्कोटका होटल भरिभराउ भएको होटल व्यवसायीहरु बताउँछन्।

च्याउ टिप्न जाँदा चट्याङ लागेर बालकको मृत्यु

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बोलगैरा जंगलमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।

बाढीपहिरोबाट सिन्धुलीमा २ को मृत्यु, ६ जना बेपत्ता

अविरल बर्षाका कारण सिन्धुलीका दुई छुट्टाछुट्टै घट्नामा १ को मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। कमला नदीमा आएको बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ।

बाढीपहिरोले सिन्धुलीमा दुई सय पोल बगायो, विद्युत सेवा अवरुद्ध

लगातार चार दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुलीको विद्युत सेवा अवरुद्ध भएको छ। बर्षाका कारण बाढी र पहिरोले विद्युतका पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो।

सिन्धुलीका दुई पत्रकारमाथि प्रहरीबाटै आक्रमण, जिल्ला अध्यक्ष गम्भीर घाइते

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्।

सिन्धुलीमा ३ दशमलव ५ प्रतिशत रोपाइँ

असारको दुई साता बितिसक्दा पनि यस वर्ष सिन्धुलीमा धान रोपाइँले गति लिन सकेको छैन। पर्याप्त पानी नपर्दा यस वर्ष किसानहरुले धान रोपाइँ गर्न सकेका छैनन्।

गाडी नालामा खस्दा ११ घाइते

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ५३०१ नम्बरको गाडी अनियन्त्रित भई नालामा खसेको सिन्धुली प्रहरीले जनाएको छ।

लोकल कुखुरा पालनमा रमाउँदै किसान

जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा यहाँको तीनपाटन गाँउपालिकास्थित एक किसानले स्थानीय जातको कुखुरालाई व्यवसायीक रुपमा पाल्न थालेका छन्। गतबर्ष परिक्षणको रुपमा पाँच सय कुखुरा पालेर उत्साहित भएका तीनपाटन गाँउपालिका–११ का नेत्रहरि दुलालले यस वर्ष गाँउमै दुई हजार लोकल कुखुरा पालन गर्न सुरु गरेका हुन्।

सिन्धुलीमा रोजगारीको लागि ३ करोड ९० लाख बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारीलाई रोजगार दिनका लागि सिन्धुलीमा झन्डै ३ करोड ९० लाख बजेट खर्च गरिने भएको छ। विभिन्न नगरपालिका तथा गाँउपालिकामा बेरोजगारलाई रोजगार दिनका लागि भन्दै मोटो रकम असार मसान्तभित्रै खर्च गर्नुपर्ने भएको छ।

पूर्वी खण्डमा २५ किलोमिटर कालोपत्रे

धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको आयोजनाले जनाएको छ। निर्माणको लक्ष्यभन्दा यस वर्ष बढी काम भइसकेको आयोजना कार्यालयले जनाएको छ।

तीन गन्तव्य

मुस्ताङको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तीर्थ हो। मन्दिरभित्रको मूल मूर्तिलाई हिन्दुले बिष्णु मान्छन् भने बौद्धमार्गिले लुवाङ ग्याल्बो। हिन्दुका बाहुनले पूजा गर्छन भने बौद्ध समुदायका झुमा (आनी)ले। मुक्तिनाथ दर्शन गरेर १०८ धारा र जलकुण्डमा नुहाउँदा पाप पखालिने दुबै धर्माबलम्बिको विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्