९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

राइड टु सिन्धुलीगढी साइकल यात्रा

काठमाडौं– राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ। यात्रालाई पर्यटनमन्त्री योगेश भट्टराईले शुुक्रबार पशुपति क्षेत्रबाट शुभारम्भ गरेका हुन्।

समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष साइकल यात्रीहरुको उल्लेख्य सहभागिता रहेको थियो। यात्रा जनकपुरको जानकी मन्दीरमा पुगेर समापन हुनेछ। यात्रामा १ सय ६७ जना साइकलयात्री सहभागी भएका छन्।

जसमा १८ जना महिला साइकल यात्री सहभागी रहेका छन्। महिला सहभागीहरुलाई भने संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले सहयोग गरेको छ।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्द्रधन गर्न चार बर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ। साइकल यात्रीले २५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गर्ने छन्। 

प्रकाशित: ६ मंसिर २०७६ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App