५ आश्विन २०८१ शनिबार
image/svg+xml

हेटौडा–सिन्धुली–चतरा राजमार्गको रुट अन्यौलमा

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग)को रुट सिन्धुली सरमुकाममा अन्यौल रहेको छ। तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलनचोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङकन भएको स्थानीय बताउँछन्।

विप्लवकाे बन्दले छोएन सिन्धुलीलाई

सदरमुकाम सिन्धुलीमाढीमा बजारको कुनै प्रभाव परेको देखिएन। उद्योग वाणिज्य संघका उपाध्यक्ष विजय कुँवरले बताएअनुसार बजार दिनभर बजार दिनभर खुलेको थियाे।

विप्लव समूहका नेताले गरे आत्मसमर्पण

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। जिल्ला प्रशासन कार्यालयस्थित प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको कार्यकक्षमा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। रामेछापको खाडादेवी गाँउपालिका वडा नं. १ राकाथुम घर भई हाल सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ५ रामटारमा खाडादेवी इटा उद्योग सञ्चालन गर्दै आएका प्रेमबहादुर श्रेष्ठले विप्लव परित्याग गरेको घोषणा गरेका हुन्।

क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पूर्वमन्त्री गजुरेल

सिन्धुली बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पूर्वकृषिमन्त्री हरिबोल गजुरेल चयन भएका छन्। शनिबार बसेको भेलाले सिन्धुली क्षेत्र नं. २ का वर्तमान संघिय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेललाई सर्वसहम्मत अध्यक्ष चयन गरेको हो।

फोहोरको डंगुरमा सिन्धुलीगढी

कमलामाई नगरपालिका ३ मा पर्ने सिन्धुलीगढीमा फोहोर थुप्रिएको हप्तौं भयो। नगरपालिकाले फोहोर उठाउने चासो नदेखाउँदा गढी क्षेत्रको फोहोर व्यवस्थापन यतिखेर चुनौती बनेको छ।

सुक्खायामसँगै सिन्धुलीमा आगलागीका घटना बढ्दै

प्रहरीका अनुसार पछिल्लो एक सातामा मात्र आगलागीबाट १ जनाको ज्यान गएको छ भने १७ घरगोठ जलेर नष्ट भइसकेको छ। पोखरेका स्थानीय शान्तिमाया खवतरीको घरमा आगालागी भएपछि आगो निभाउने क्रममा दुधौली नगरपालिका ५ का ४७ बर्से रेवती अधिकारीको मृत्यु भएको थियो।

फोहोर गाडीमा हाल्ने भन्दा झाडीमा फाल्ने बढी

सदरमुकाम सिन्धुलीमाढीको मुख्य बजार क्षेत्रकै किनारबाट बग्ने गौमती (ग्वाङ) खोलामा फोहोरै फोहोरको डंगुर भएको छ। बजार क्षेत्रका स्थानीय तथा अन्य स्थानका बासिन्दाले फोहोरलाई उचित व्यवस्थापन गर्नुको साटो खोलामै कुहिने तथा नकुहिने फोहोर जथाभावी फ्याक्दा खोला दुर्गन्धित हुन थालेको हो।

सिन्धुलीमा माइक्रो बस दुर्घटना, ११ घाइते

बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका ७ बारामा माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।

दोब्बरले बढ्यो सिन्धुली अस्पतालको टिकट शुल्क

आर्थिक स्रोत अभाव भएको भन्दै जिल्ला अस्पताल सिन्धुलीले बिरामी पुर्जाको मूल्य दोब्बर बढीले बढाउने भएको छ।

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका राजमार्ग असुरक्षित बन्दै

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका ग्रामीण क्षेत्रका सडकमा चोरीका मोटसाइकल जताततै गुड्न थालेका छन्। दुई नगर र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थान सडक सञ्जालले जोडिएको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा तथा मध्यपहाडी लोकमार्ग भएर चल्ने धेरैजसो मोटसाइकल बिना लाइसेन्स र ब्लुबुकका हुने गरेको पाइएको छ।

बम्जन प्रकरण : प्रहरी अनुसन्धान अझै निष्कर्षमा पुग्न सकेन

आफुलाई तपस्वी बताउने रामबहादुर बम्जनका विभिन्न जिल्लाका आश्रमबाट आफ्ना आफन्त हराएको भन्दै जाहेरी परेपनि प्रहरीले हालसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन। अनुसन्धान सुरु गरेको झन्डै डेढ महिना बढी हुँदा समेत प्रहरीले ठोस निष्कर्ष निकाल्न नसकेको हो।

बम्जन कहाँ छन्, प्रहरीलाई थाहा छैन

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ। आफूलाई तपस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लोपटक चर्चामा आएका थिए। बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन्।

सिन्धुलीमा बोलेरो दुर्घट्ना, पाँचको मृत्यु, आठ जना घाइते

सिन्धुलीको फिक्कल गाँउपालिका २ चण्डीभन्ज्याङमा बोलेरो जिप दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। फिक्कल गाँउपालिका वडा नं. १ को महादेवडाडाबाट सिन्धुली सदरमुकामतर्फ आउदै गरेको बा १५ च ९४२२ नम्बरको बलेरो गाडी दुर्घट्ना हुँदा घट्नास्थलमै चार जना र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए।

पाँच वडामा १८ वटा क्रसर र बालुवा उद्योग

सिन्धुलीको सुनकोसी गाउँपालिकामा बालुवा उद्योगको नाममा जथाभावी उत्खनन् भइरहेको छ। सुनकोसी गाउँपालिकाको पाँच वडामा १८ वटा बालुवा तथा क्रसर उद्योग दर्ता भइ अत्याधिक दोहन भइरहेको हो।

सिन्धुलीमा व्यवसायिक गाँजा खेती, १ सय २१ विगाहामा नष्ट गरियाे

यस वर्ष सिन्धुलीमा ठुलो परिमाणको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। केहि वर्ष अगाडीबाटै व्यवसायिक रुपमा खेती हुँदै आएको गाँजा यस वर्ष जिल्ला प्रहरी कार्यालयको सक्रियतामा फडानी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्