५ आश्विन २०८१ शनिबार
image/svg+xml

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण धमाधम

धरान—चतरा—सिन्धुली—हेटौंडा सडक निर्माण तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको उक्त मदन भण्डारी राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो। राजमार्गका पूर्वी र पश्चिम दुवै खण्डमा अहिले सडक तथा पुल बनाउने काम धमाधम भइरहेका छन्।

सिन्धुलीमा गाँजा खेती मौलाउँदै, ९७ बिघामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

जिल्लाका विभिन्न स्थान गरी ९७ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोटको सक्रियतामा मरिण र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा फँडानी गरिएको हो।

सिन्धुली आश्रममा छन् बम्जन, अनुयायी भन्छन्ः चर्चाले खुसी छौं

लिटिलबुद्ध नामले चिनिएका तपस्वी रामबहादुर बम्जन २०६८ असार १ गते पहिलाे पटक सिन्धुली आए कमलामाई नगरपालिका ८ स्थित पैरे भन्ने स्थानमा ठूलो आश्रम छ । अहिले त्यही आश्रममा एक निर्माणधीन अवस्थामै रहेको व्यवस्थित भवनमा उनी २०० अनुयायीका साथ बस्छन् ।

सिन्धुुलीबाट वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा

सिन्धुलीबाट पछिल्लो समय वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ को अवसरमा कमलामाई नगरपालिकाबाट आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो।

ट्राफिककाे लापरवाहीका कारण टाइम कार्ड लागु भएन

राजमार्गमा गति सिमित गरी दुर्घटना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्ने भनिएपनि पछिल्लो समय जिल्ला ट्राफिक प्रहरीको वेवास्ताले टाइम कार्डको प्रभाव देखिन छाडेको छ।

सिन्धुलीकै ठुलो धनराशीको भलिबल प्रतियोगिता सुरु

सिन्धुलीकै ठुलाे धनराशीकाे भलिबल प्रतियाेगीता सुरु भएकाे छ। यहाँका युवा व्यवसायीहरुले सिन्धुली कप खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेका छन्।

अमिलो जातको सबै फलमा किराको प्रकोप

अमिलो जातको अधिकांश फलफूलमा किराको समस्या देखिएको छ। सिन्धुलीको प्रमुख नगदे फलफूलको रुपमा रहेको जुनार, निबुवा, सुन्तला र कागती जस्ता अमिलो जातको फलफूलमा चाइनिज सिट्रस फ्लाई किराकोे प्रकोप बढ्न थालेपछि किसान मर्कामा परेका छन्।

बोटले थेग्नै नसक्ने गरी फल्यो सुन्तला

यसवर्ष सिन्धुलीमा सुन्तलाको उत्पादन राम्रो भएको छ। सुन्तलाको दाना लाग्ने सिजनमा सुन्तलालाई आवश्यक पर्ने अनुकूल मौसम भएका कारण यसवर्ष बोटले थेग्नै नसक्ने गरी सुन्तला फलेको हो। यहाँको तिनकन्या रतनचुरा बाशेश्वर लगायतका साविकका दर्जनौ गाविसमा सुन्तला राम्रो फलेको किसानले बताएका छन्।

किराले सिन्धुलीको जुनार सखाप

सिन्धुलीको प्रमुख नगदे फलफूको रुपमा रहेको जुनारमा किराको प्रकोप बढ्न थालेपछि किसान मारमा परेका छन्। विगतको तुलनामा यस वर्ष किराको प्रकोप झन् बढेसँगै किसान मर्कामा परेका हुन्।

सिन्धुलीगढी  पुनर्निर्माण गुरुयोजना हस्तान्तरण

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले  सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ।

सिन्धुली सडक पुनर्निर्माण गर्न जापानले १ अर्व दिने

जापान सरकारले भूकम्पले क्षति भएको सिन्धुली सडक पुनर्निर्माणका लागि १ अर्व ८ करोड ५०लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

चाडपर्वमा बिपी राजमार्गमा सवारीको चाप उच्च

विगत एक दशक अगाडिसम्म काठमाडाैं ओहोरदोहोर गर्न सिन्धुलीबासीलाई ठुलै योजना बनाउनु पर्थ्याे। तर बिपी राजमार्ग खुलेपछि भने सिन्धुली मात्रै नभई पूर्वी पहाड र तराईका बासिन्दालाई काठमाडौंको यात्रा सहज बनाएको छ। यात्रा सहज बनाउनुका साथै पूर्व–पश्चिम राजमार्ग हुँदै महेन्द्र राजमार्गबाट काठमाडौं पुग्ने अधिकांश सवारी बिपी राजमार्ग हुँदै ओहोरदोहोर गर्न थालेका छन्।

सुनकोसी नदीमा बस खस्यो, एकै परिवारका २ सहित ३ को मृत्यु (अपडेट)

सिन्धुलीको मरिणबाट काठमाडौं तर्फ गइरहेको बस सुनकोसी गाँउपालिकाको ५ रिठ्ठेभिरबाट सुनकोसी नदीमा खस्दा १ जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सुनकोसी नदीमा बस खस्दा १ को मृत्यु, ६ घाइते

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालीका ५ रिठ्ठे भिरबाट सुनकोसी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

सिन्धुलीका सरकारी कार्यालयमा दैनिक धर्ना र अवरोध

लामो समयदेखि सिन्धुलीमा रहेका सरकारी कार्यालयहरू स्थानान्तरण गर्न लागेको भन्दै सिन्धुलीका स्थानीयले सरकारी कार्यालयमा दिनैपिच्छे धर्ना दिन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्