४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिन्धुलीमा तोकिएको समयमा घर नबनाउने १ हजार ३ सय बढी लाभग्राही सूचीबाट हटे

समयमानै सम्झौता गरि निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्प पीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ।

किरा ब्यवस्थापन गर्न जुनारको बोटमा प्रोटिनबेट

लकडाउनकै बीचमा सिन्धुलीका जुनारको बगैचामा बर्षौदेखि देखा परेको किरा ब्यवस्थापन गर्न प्रोटिनबेट छर्न सरू गरिएको छ। जुनार क्षेत्रमा नमुनाको रूपमा प्रयोग गरिएको क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम गत बर्ष प्रभावकारी देखिएपछि यस बर्ष जुनारको बगैचामा प्रोटिनबेट (औषधि) छर्न सुरू गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यालयले जनाएको छ।

सिन्धुलीमा आइसोलेसन खाली, क्वारेन्टाइनमा १ जना मात्रै

कोरोना भाइरस रोकथाम तथा उपचारका लागि जिल्ला अस्पतामा बनाइएको आइसोलेसन सिन्धुलीमा खालि भएको छ । दुई नगरपालिका र साता गाउँपालिका रहेको जिल्लाभर ३३ ओटा आइसोलेसन सबै खाली रहेको जिल्ला अस्पतालका प्रमुख लक्ष्मण खड्काले जानकारी दिए ।

बाह्य तरकारी आयातमा खुल्ला गरेपछि सिन्धुलीमा बढ्यो त्रास

भारतीय तरकारीलाई सिन्धुलीमा आयात गर्न खुल्ला गरेपछि स्थानीयलाई कोरोनाको त्रास बढेको छ । झन्डै तीन साता अगाडीबाट सिन्धुलीमा भारतीय तरकारीसहित तराई तथा बाह्य जिल्लाबाट आउने तरकारी फलफूल अण्डामा प्रतिवन्ध लगाइएको भएपनि हाल खुल्ला गरिएपछि स्थानीय त्रसित बनेका छन् ।

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । यहाँको हरिहरपुरगढी गाँउपालिका वडा नम्बर २ श्रीपुर बस्ने रामजी राईको ३० वर्षिय छोरा पुरुषोतम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार उमा घलानले जानकारी दिइन् ।

सिन्धुलीमा खाद्यान्न, तरकारी र फलफूल आयातमा प्रतिबन्ध

सिन्धुलीमा खाद्यान्न र तरकारी आयातमा रोक लगाइएको छ। रौतहटमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै खाद्यान्न तथा तरकारी ढुवानी गर्दा कोरोनाको जोखिम हुने भन्दै जिल्लाबासी त्रसित बनेपछि खाद्यान्न र तरकारी आयातमा समेत रोक लगाइएको छ।

सुनसान सिन्धुली, ठप्प राजमार्ग(फोटो फिचर)

सरकारले लकडाउन गरेको दशौ दिन वितिसकेको छ। दश दिन वित्दा सिन्धुलीका स्थानीय दैनिक लकडाउनलाई पूर्ण रुपमा पालना गर्न थालेका छन्। लकडाउनको सुरुवाती दिनमा विहान बेलुका किनमेलमा भिड रहेपनि हाल त्यस्तो अवस्था छैन। सकेसम्म बजारका तरकारीदेखि किनमेल गरेका सामानको उपभोग नगर्ने स्थानीयले जोड दिएका छन्। उपभोग गरिहाल्नु परेपनि भिडभाड नगरि किन्ने गरेको व्यापारी बताउँछन्।

स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएनन्

सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन्। सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन्।

सिन्धुलीको दुधौलीमा हात्तिको आक्रमणबाट दुई घाइते

यहाँको दुधौली नगरपालिकामा हात्तिको आक्रमणबाट दुई जना घाइते भएका छन्। बिहीबार विहान सिन्धुलीको दुधौली नगरपालिका २ मा हात्तिको आक्रमणबाट एक दम्पत्ति घाइते भएका हुन्।

सिन्धुली आश्रममा प्रहरी, भेटिएनन् बम्जन (अपडेट)

'लिटिल बुद्ध' नाममले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट फरार भएका छन्। यौन शोषणको आरोप लागेपछि जिल्ला प्रहरीसहितको टोली उनको आश्रममा शुक्रबार बिहान ५ बजेनै पुगेको भएपनि यो समाचार तयार पार्दासम्म उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

जुनारबाटै आशलाग्दो आम्दानी

माघ महिना सिन्धुलीगढीमा जुनार व्यापारमा फाइदाजनक आम्दानी देखिएको छ। पर्यटकीय गन्तव्यस्थल सिन्धुलीगढी भएको हुँदा जुनार व्यवसायीको व्यापार फस्टाएकोे हो।

सिन्धुलीमा माइक्रो बस दुर्घटना, १ को मृत्यु १० घाइते

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङ नजिक आइतबार विहान माइक्रोबस दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ। अन्य १० जना घाईते भएका छन्।

सिन्धुलीमा जुनारले लियाे बजार, ६० प्रतिशत बिक्री

जुनार खानका लागि योग्य हुने समयमै कुल उत्पादनको आधाबढी जुनार बिक्री भइसकेको किसानले जनाएका छन्। मंसिरको दोस्रो हप्तादेखि जुनार उपभोग गर्न उचित समय मानिएपनि हालसम्म जिल्लामा पचास प्रतिशत भन्दा बढी जुनार बिक्री भईसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्