४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जुनारबाटै आशलाग्दो आम्दानी

सिन्धुलीको अर्गानिक जुनार । स्बिर : कविराज/नागरिक

काठमाडौं - माघ महिना सिन्धुलीगढीमा जुनार व्यापारमा फाइदाजनक आम्दानी देखिएको छ। पर्यटकीय गन्तव्यस्थल सिन्धुलीगढी भएको हुँदा जुनार व्यवसायीको व्यापार फस्टाएकोे हो।

स्थानीय जुनार व्यवसायी महेश श्रेष्टले माघ महिना जुनारको व्यवसायमा निकै फाइदा भएको बताए। दैनिक रुपमा १२ हजार रुपैयाँसम्मको आम्दानी भएको श्रेष्ठले बताए। ‘स्वदेशी जुनार गढी गाउँमा उत्पादन गर्दै सिन्धुलीगढीमा बच्ने गरेका छाैँ’ उनले भने। सिन्धुलीगढी पर्यटकीय क्षेत्र भएकाले जुनारको व्यापारको राम्रो सम्भावना रहेको छ। आन्तरिक तथा बाह्य पर्यटक आउने क्षेत्रमा बर्सेनि करिब १४ लाख चार हजारसम्मको आम्दानी भएको उनको भनाइ छ। मौसमअनुसार फरक फरक फलफूल तथा तरकारी बिक्री गरेर दैनिकी चलाउँदै आएको उनले सुनाए।

कृषिमा आकर्षक आम्दानी भएको हुँदा व्यवसायीको अनुहारको चमक फेरिँदै गएको र कृषि कर्ममा आकर्षण बढ्दै गएको उनले बताए। ‘पछिल्लो समय हजारौं युवा रोजगारीका लागि विदेशिनु परेको अवस्था छ। तर हामी अहिले कृषिमा राम्रो आम्दानी गरिरहेका छाैँ। विदेशमा गएर भेडाबाख्रा चराउनुभन्दा आफ्नै माटोसँग सुखदुःख साट्न मन पर्छ,’ उनले बताए। अर्गानिक जुनार भएकाले सबै ठाउँका मानिसले लैजाने गरेको व्यवसायी मिना योगीले बताइन्। दैनिक व्यवसाय उकालो लाग्दै गएको सुनाइन्। आफूले दैनिक रुपमा मौसमी तथा बेमौसमी फलफूल तथा तरकारी बेच्ने गरेको बताइन्। विशेषगरी जाडो महिनामा खेर नजाने हुँदा फाइदा भएको बताइन्।

आफूले पनि बगैंचा हुने मानिसबाट किनेर ल्याएर बेच्ने गरेको कुरा सुनाइन्। दैनिक आम्दानीले घरखर्च चलाउँदै आएको बताइन्। पर्यटकीय क्षेत्र सिन्धुलीगढीमा व्यापार गर्ने व्यवसायी मारमा पर्नु परेको छैन। जुनार बेच्ने दैनिक मानिस ६० जनाको हाराहारीमा रहेको बताइन्। गढीका स्थानीयले जुनार व्यवसाय लगायत मौसम अनुसारको फलफूल तथा तरकारी बेच्ने गरेका छन्। जुनार व्यवसायमा फाइदा भएको हुँदा व्यवसायी दंग छन्।

प्रकाशित: १९ माघ २०७६ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App