४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सिन्धुपाल्चोकमा बाढी: सिन्धुलीमा माछा

सुनकोसी आसपासको किनार जानेले माछा नलिई कोही फर्किएनन्, स्थानीय गौरव कार्कीले भने, ‘सिन्धुलीको गोलञ्जोर एरियामा मात्रै पाँच टन बढी माछा समातेको अनुमान गरेका छौं।’ सुनकोसीमा बाढी आएसँगै बुधबार बिहानैदेखि स्थानीय माछा समात्न कोसीको किनारामा पुगेका थिए।

वर्षे धान भित्र्याउँदै किसान

मुलुकभर फैलिएको कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा जारी रहँदा सिन्धुलीको तीनपाटन गाउँपालिकाका किसान धान काट्न व्यस्त छन्।

सिन्धुली–खुर्कोट खण्ड पहिलोपटक स्तरोन्तति

निषेधाज्ञाको बीचमा सडकको स्तरोन्नति गरेसँगै बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको ३९ किलोमिटर लामो सडकको स्वरूप बदलिएको छ। यो सडक खण्ड घुमाउरो भएकाले स्तरोन्नतिसँगै रमणीय पनि देखिएको छ।

'चेन ब्रेक' गर्न सिन्धुलीमा दश दिन निषेधाज्ञा थपियो

कोरोना भाइरसको संक्रमण दर जिल्लामा बढ्दै गएको भन्दै सिन्धुलीमा १० दिन निषेधाज्ञा गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैठकले जेठ १८ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।

सिन्धुलीमा संक्रमितको शव जलाइसकेपछि घाट पखाल्नुपर्ने

सिन्धुलीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जलाइसकेपछि घाटलाई पानीले अनिवार्य पाखाल्नुपर्ने भएको छ।

सिन्धुलीको मुलकोट बजारमा एक साता लकडाउन

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोट बजार बुधबारदेखि एक हप्तालाई लकडाउन गरिएको छ।

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा राजमार्गमा राजनीतिक दल र जनप्रतिनिधिको अवरोध

निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) सडकको निर्माण कार्य अन्योल भएको छ ।

सिन्धुलीका एसपी तिमल्सिनाको तीन महिना नबित्दै सरुवा

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी आभुषण तिमल्सिनाको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले पुसको अन्तिम साता मात्रै सिन्धुलीमा सरुवा गरि पठाएको एसपी तिमल्सिनाको तीन महिना नबित्दै सरुवा भएको हो।

ऐनामा अडिएको विश्वास (फोटोसहित)

विपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नं. ५ रिठ्ठेभिरमा राजमार्गको भित्ताभरी हजारौ ऐना देख्न सकिन्छ। यस राजमार्ग हुँदै यात्रा गर्ने जो कोहिलाई त्यस ठाउँको ऐनाले लोभ्याउने गर्छ। ऐना चढाउन मात्रै नभएर त्यहाँ सेल्फी खिच्न गाडी रोक्नेहरुको भिड उस्तै देखिन्छ। पूर्वी तराईबाट काठमाडौ जाँदै गरेको एक निजी गाडी सुनकोसी गाउँपालिकाको रिठ्ठेभिरको उक्त स्थानमा रोकियो।

नाचगानसहित एमाले पार्टी कार्यालय खुल्यो

तीन महिनादेखि बन्द रहेको नेकपाको पार्टी कार्यालय पुनः नेकपा एमालेको बोर्ड राखेर खुलाइएको छ। तत्कालिन अवस्थामा नेकपा एमालेकै रहेको पार्टी कार्यालय माओवादी केन्द्रसँगको पार्टी एकतापछि नेकपाको रहेको थियो। तर सरकारले संसद विघटनको सिफरिस गरेपछि दुई धारमा विभाजन भएको नेकपा दुबैले पार्टी कार्यालयको प्रयोग गर्न पाएका थिएनन्।

मलाई तराईमा पस्न नदिए पनि पानी पसाइदिन्छु : प्रधानमन्त्री ओली

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीमा देखापरेको विभाजनप्रति लक्षित गर्दै पिलो निचोरिँदैमा शरीरको ओजन नघट्ने बताए। उनले केहीकेही पिलो निचोरिएर तथा उछिट्टिएर जाने भएकाले चिन्ता नगर्न कार्यकतालाई आग्रह गरे। उनले पार्टी एकताको प्रयासमा प्रहार भएको भन्दै हावाहुरीले हाँगा भाँच्ने र केहीकेही ठाँउमा पहिरो खस्ने बताए।

कांग्रेस सरकारमा जान्छ तर चुनावबाट मात्रै: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट जुटे पनि फुटे पनि चाँडो निस्कर्ष आउनुपर्ने बताएका छन्। कम्युनिस्टकै कारण देशलाई बन्धक बनाउन नसकिने भन्दै उनले कम्युनिस्ट पार्टीले जतिसक्दो चाँडो झगडा मिलाएर देशलाई निकास दिनुपर्ने बताए।

सिन्धुलीको घ्यालेख गाउँपालिकामा धुम्रपान मध्यपान सेवनमा निषेध

सिन्धुलीको घ्यालेख गाउँपालिलाई मदिरा तथा सुतिजन्य बस्तु सेवनमा निषेध गरिने भएको छ। धुम्रपान तथा मद्यपानले समाजका युवापंक्तिमा विकृति आउन थालेपछि स्थानीय सरकार आफैले धुम्रपान मद्यपान निधेष गरि समाज सुधारको अभियान थालेको हो।

पोल्ट्रीमा लगानी बढाउँदै व्यवसायी

सिन्धुलीका पोल्ट्री व्यवसायीले रोजगारी ठूला फर्म सञ्चालन गर्दै रोजगारी सिर्जना गर्न थालेका छन्। यहाँको एक पोल्ट्री फर्मले १३ जनालाई रोजगारी दिएको छ। कमलामाई नगरपालिका–५ मा रहेको धमिजा बहुउद्देश्य कृषि फर्मले ठूलो संख्यामा ब्रोइलर कुखुरा पालेको छ।

लाभग्राही सूचीबाट १३ सय हटाइए

समयमै सम्झौता गरी निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्पपीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ। सिन्धुलीमा निजी आवास निर्माण गर्न अटेर गर्ने १ हजार ३ सय २१ जना भूकम्पपीडितलाई सो सूचीबाट हटाइएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्