फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो
पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरपालिकालाई बुझाइएको छ।
पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरपालिकालाई बुझाइएको छ।
प्रभावित क्षेत्रका स्थानीयको अवरोधले विगत १२ दिनदेखि रोकिएको पोखराको फोहोर सुरक्षाकर्मीको स्कर्टिङमा ल्याउण्डफिलसाइट लगेर मंगलबार व्यवस्थापन गरिएको छ। पोखरा महानगरपालिकासँग विभिन्न माग राखेर आन्दोलन गरेका स्थानीयको अवरोधले पोखराको फोहोर उठ्न सकेको थिएन।
क्यानोनिङ गर्ने क्रममा लडेर पोखरा महानगरपालिका-२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ।
व्यवसायिक पशुपालन गर्ने किसानलाई पोखरा महानगरपालिकाले प्रोत्साहन गर्दै आएको छ। पशुपालक किसानलाई महानगरपालिकाले आर्थिक वर्षको शुरुवातसँगै प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ।
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले फेवातालको सिमसार क्षेत्रलाई आवास क्षेत्र भनेर वर्गीकरण नगरेको स्पष्टीकरण दिएका छन्।
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
पोखरा महानगरपालिकाले आन्तरिक स्रोतका रुपमा रहेको घाट (नदीजन्य बस्तु) सञ्चालन गर्न नसक्दा लक्ष्य अनुसार आन्तरिक राजस्व उठाउन सकेकाे छैन्।
पोखरा महानगरपालिकाले तीन तला भन्दा माथिका भवनमा अग्नी नियन्त्रण प्रणाली जडान गर्नुपर्ने उल्लेख गरेको छ।
पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
दहत्तरबहत्तर नियमित उत्खनन नहुँदा राजस्व संकलनमा समस्या आएको निश्कर्ष निकाल्दै समितिले आगामी दिनमा नियमित रूपमा दहत्तरबहत्तर उत्खननको वातावरण मिलाउन महानगरलाई निर्देशन दिएको छ, जसका लागि समितिले तत्काल टेन्डर आह्वान गर्न भनेको छ।
पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० क्षेत्रका २ सय ४० जनालाई सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्न लागिएको हो।
नयाँ आर्थिक वर्ष २०८०/८१ स संघारमा रहँदा पोखरा महानगरपालिकाले सबै वडामा योजना बनाउन बैठक शुरु गरेको छ। महानगर प्रमुख धनराज आचार्यले वडा नम्बर २५ बाट आर्थिक वर्षको योजना तर्जुमा बैठक शुभारम्भ गरेका छन्। बैठक सबै वडामा गरिने महानगरले जनाएको छ।
महानगर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा पोखरा महानगरपालिका– ९ च्याम्पियन बनेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय टेबल टेनिस प्रतियोगितामा महिला सिंगल्समा ९ की तृषा गुरुङ प्रथम, ९ कै मुना थापा द्वितीय र वडानम्बर ७ की पद्मा थापा द्वितीय तथा वडा नम्बर ४ की सिजल बानियाँ तृतीय भए।
पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र एकसयवटा नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो।
आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ।