४ पुस २०८१ बिहीबार
image/svg+xml

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ।

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो।

प्रदेश ३ को राजधानी हेटौंडानै हुनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडानै हुने दावी गरेका छन्। अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरे।

सम्बन्धविच्छेदको ५७७ मुद्दा दर्ता

यस वर्ष मकवानपुर जिल्ला अदालतमा १३५ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेका छन्। चालू आर्थिक वर्षको भदौदेखि जेठ महीनासम्म सम्बन्धविच्छेदका लागि ५७७ वटा मुद्दा दायर भएकामा पुरुषको सङ्ख्या १३५ पुगेको उक्त अदालतले जनाएको हो।

अत्याधिक गर्मी बढेपछि चितवन र हेटौंडाका विद्यालय बन्द

अत्याधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो।

पूर्वी खण्डमा २५ किलोमिटर कालोपत्रे

धरान–चतरा–सिन्धुली–हेटौंडा सडकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। सरकारको प्राथमिकतामा परेको मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग) को निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा हुन थालेको आयोजनाले जनाएको छ। निर्माणको लक्ष्यभन्दा यस वर्ष बढी काम भइसकेको आयोजना कार्यालयले जनाएको छ।

हेटौडा–सिन्धुली–चतरा राजमार्गको रुट अन्यौलमा

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत निर्माणधिन रहेको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग)को रुट सिन्धुली सरमुकाममा अन्यौल रहेको छ। तत्कालिन अवस्थामा सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलनचोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङकन भएको स्थानीय बताउँछन्।

आयोजक मकवानपुरलाई उपाधि

हेटौंडामा जारी भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजक मकवानपुर ११ ले हात पारेको छ। हेटौंडा १० स्थित वन विज्ञान संस्थानको चौरमा भएको फाइनल खेलमा शनिबार क्यामरुनी ‘दाउफिन्स फुटबल क्लब’ लाई २–१ गोलले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो।

उपाधि जित्ने दाउफिन्स र आयोजकको दाबी

हेटौंडामा जारी सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी दाउफिन्स फुटबल क्लब र आयोजक मकवानपुर–११ दुवैले जित्ने दाबी गरेका छन्।

बर्ड फ्लू संक्रमण : ५० हजार कुखुरा नष्ट

बर्ड फ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्ड फ्लु प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।

पुलिसलाई रोक्दै आयोजक फाइनलमा

नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आयोजक मकवानपुर ११ हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई पराजित गर्दै मकवानपुरले आफूलाई उपाधिको दाबेदारका रूपमा प्रस्तुत गरेको हो।

मकवानपुर गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

सरस्वती युथ क्लबलाई २–० ले हराउँदै रुस्लान थ्री स्टार क्लब हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वार्टरफाइनलबाट थ्री स्टारले आफूलाई अन्तिम चारमा सुरक्षित गरेको हो।

मकवानपुर गोल्डकप : घरेलु टोलीकाे विजयी सुरूवात

मच्छिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै मकवानपुर ११ हेटौंडामा सुरु भएको भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा विजयी भएको छ।

हेटौंडामा बर्डफ्लु संक्रमण पुष्टि

हेटौंडा उपमहानगरपालिकामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। सो पुष्टिसँगै बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले चार किल्ला तोकी रोग नियन्त्रणको प्रयास थालेको छ।

विप्लव बन्दको प्रभाव हेटाैंडामा पनि, ट्रकमा आगजनी

बन्दका कारण बिहीबारबाट हुने हेटौंडा नगरस्तरीय परीक्षा स्थगित गरिएको छ। कक्षा ४, ५, ६, ७ र ९ को नगरस्तरीय परिक्षा स्थगित गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्