४ पुस २०८१ बिहीबार
image/svg+xml

हेटौंडामा व्यापार मेला सुरु

प्रदेश ३ को राजधानी हेटौंडामा शनिबारदेखि ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पडाँडा चौरमा सुरु मेला मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको हो।

कुखुरा मरेपछि कृषक चिन्तित

प्रदेश ३ को राजधानी हेटौंडा उपमहानगरपालिकामा कुखुरा मर्न थालेपछि कृषक चिन्तित भएका छन्। हेटौंडाको वडा नम्बर ७, ८ र ११ मा अण्डा र मासुका लागि पालिएका करिब १५ हजार कुखुरा एक सातामै मरेका छन्।

धमाधम कुखुरा मर्न थालेपछि कृषक चिन्तित, उपभोक्तामा त्रास

उपमहानगरपालिकामा हजारौं कुखुरा धमाधम मर्न थालेपछि कृषकहरू चिन्तित भएका छन्। हेटौंडा ७, ८ र ११ नम्बर वडामा रोगका कारण एक सातामै किसानका करिब १५ हजार कुखुरा मरेका छन्।

सडक मानवलाई आश्रय दिन अनुष्ठान

सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषित मकवानपुरमा मानवता प्रवर्द्धन ज्ञानविज्ञान अनुष्ठान सुरु गरिएको छ। परिवारबाट परित्याग गरिएका वा घर, परिवारमा नभई सडकमै कष्टकर जीवन निर्वाह गरिरहेका (सहयोगापेक्षी) सडक मानवलाई आश्रय दिने भवन निर्माणका लागि हेटौंडामा सोमबार अनुष्ठान सुरु गरिएको हो।

आर्मीको विजयी सुरुआत

सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगितामा नेपाल आर्मीले विजयी सुरुआत गरेको छ। नेपाल हक्की संघको आयोजनामा सोमबारदेखि हेटौंडामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले प्रदेश नम्बर १ लाई पराजित गरेको हो।

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण धमाधम

धरान—चतरा—सिन्धुली—हेटौंडा सडक निर्माण तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको उक्त मदन भण्डारी राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो। राजमार्गका पूर्वी र पश्चिम दुवै खण्डमा अहिले सडक तथा पुल बनाउने काम धमाधम भइरहेका छन्।

ट्रकले किच्दा २ जनाको मृत्यु

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौंडामा आइतबार भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका ९ पशुपतिनगरमा भएको दुर्घटनामा ट्रकले किच्दा २ जनाको मृत्यु भएको हो।

हेटौंडा सिमेन्टको उत्पादन क्षमता बढाइने

सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

हेटौंडामा चङ्गा चेट प्रतियोगिता

बडादशैंमा चङ्गा उडाउने संस्कार घट्दै गइरहेका बेला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलो पटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको सःशुल्क प्रतियोगितामा उल्लेख्य रूपमा मकवानपुरका ४७ जना सहभागी थिए।

हेटौंडा उपमहानगरको आम्दानी एक अर्ब ४२ करोड

हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७४–७५ मा आन्तरिक आय र बाह्य गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । वार्षिक लक्ष्यभन्दा नौ प्रतिशत बढी आम्दानी गर्न सफल भएको शुक्रबार पत्रकार समेलन गर्दै उपमहानगरपालिकाले जनाएको छ।

काठमाडौं–हेटौंडा सुरुङ मार्ग आफैं बनाउने प्रदेश सरकारको तयारी

प्रदेश ३ सरकारले काठमाडौं–हेटौंडा सडकअन्तर्गत भीमफेदी–कुलेखानी खण्डमा सुरुङ बनाउन तयारी थालेको छ ।

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा पावर चाइनाले लगानी गर्ने

बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा चीनको एक कम्पनीले ९५ प्रतिशतसम्म लगानी गर्ने भएको छ।

हेटौँडा–कुलेखानी यातायात अवरुद्ध

हिजो रातिदेखि परेको अबिरल वर्षाले हेटौँडा–कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–६ फाखेल महालक्ष्मी डाँडामा पहिरो जाँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरोले हेटौंडा–काठमाडौं सडक अबरुद्ध

हेटौंडा–काठमाडौं सडक खण्ड अन्तरगत मकवानपुरको सिस्नेरी र फाखेलमा पहिरोका कारण यातायात अबरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्