coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

पालुङटारमा जग्गाको कित्ताकाट खुला

गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये पालुङटार नगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुला गरेको छ।

पालुङटारमा मेयरका स्वकीय सचिवमाथि कार्यालयमै कुटपिट

मेयरका स्वकीय सचिव मरहट्टाले आफु उपचारकालागि आँपपिपल अस्पताल पुगेको बताउँदै भने ‘एउटा कुरा गर्नुछ भन्दै पालुङटार नगरपालिका कार्यालयको भ¥याङबाट एक्लै राखेर कुटपिट गरियो।’

पालुङटार सिँचाइः नहरको योजना हट्यो, डेढ अर्ब लागतमा ३५ ठाउँमा लिफ्ट सिँचाइ गर्ने

३५ किलोमिटर नहर लामो हुने हुँदा निर्माण सम्पन्न गर्न धेरै खर्च लाग्ने, किसानले प्रतिफल तत्काल पाउन नसक्ने र काम गर्न समस्या हुने भन्दै कार्यालयले उक्त योजना पनि परिवर्तन गरेको छ।

भिर र धानखेतका बीचमा पक्की पुल

गोरखा जिल्लाको पालुङटार नगरपालिका–९ धर्मोदय माविका विद्यार्थी खारखोलामा पुल नहुँदा एक महिना हेलिँदै विद्यालय आउजाउ गर्न बाध्य भए।

जात्रा हेरेर फर्कने क्रममा कुटपिटबाट एक पुरुषको मृत्यु

ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।

नदी पार नगर्दै टुङ्गियो पुल

गोरखा नगरपालिका र पालुङटार जोड्ने मोटरेबल पुल अधुरो भएको छ। ८० मिटर मात्रै निर्माण गर्ने गरी टेण्डर भएको गोनपा १२ र पानपा ९ जोड्ने उक्त पुल नदी वारपार नगर्दै टुङ्गिएको हो।नदी भन्दा छोटो पुल स्टमेट भएपछि ग्याबिन जाली हालेर पुल लम्ब्याउने तयारी छ।

भित्र्याउने बेलाको धान बाढीसँगै बग्यो

गोरखाको पालुङटार नगरपालिका–९ सिर्दिखोला, खारखोला, चुतीखोला, बडहरे खोला आसपासका किसानको खेत गत साताको वर्षातले सोत्तर बनाएको छ। खोला छेउका खेतमा चैतेधान भित्र्याएर असारे लगाउने बेलामा बाढी पसेपछि किसान निरास छन्।

पालुङटारमा हार्ने र जित्ने विजयी उत्सवमा सँगसँगै

गोरखाको पालुङटार नगरपालिकामा हार्ने र जित्ने उम्मेदवार सँगसँगै विजयी र्‍यालीमा सहभागी भएका छन्।

एमालेसँग तालमेल गर्दा गोरखामा जसपालाई घाटा

कांग्रेससँगको तालमेल नमिलेपछि सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) पालुङटार नगरपालिकामा पराजित भएको छ।

मतपेटिकामा सिल नभेटिएपछि गणना स्थगित

गोरखाको पालुङटार नगरपालिकाको मतगणना रोकिएको छ। पालुङटार– ६ को मतगणना गर्ने क्रममा एउटा बुथको मतपेटिकामा सिल नभएको भेटिएपछि गणना स्थगित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्