३० वैशाख २०८१ आइतबार
image/svg+xml

पूर्वी रुकुममा मतगणना सुरुभएन

सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय आई नपुगेका कारण अहिले सम्म पूर्वी रुकुममा मतगणना सुरु हुन सकेको छैन।

रुपन्देहीमा ५ वटै क्षेत्रमा गणना सुरु

रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ। रुपन्देहीको क्षेत्र नं. १ मा देवदह नगरपालिकाको भवन शित्तलनगरमा मतगणना सुरु भएको छ।

मोरङ क्षेत्रनम्बर २ मा सर्वदलीय बैठक सम्पन्न

मोरङ क्षेत्रनम्बर २ का निर्वाचन अधिृकत नगेन्द्र केसरी पोखरेलका अनुसार दिउँसो साँढे २ बजे सर्वदलीय बैठक सम्पन्न भएको छ।

इलाम २ मा मतगणना सुरु, क्षेत्र १ को सुरु गर्ने तयारी

इलामको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। अपराह्न पौने २ बजे सदरमुकामस्थित सिटीहलमा मतगणना सुरु भएको हो।

भरतपुरमा रोचक भिडन्तः कहिले ‘विजय’ त कहिले ‘रेणु’

सोमबारको नागरिक न्यूजलाई प्राप्त पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार विजय सूवेदीले अग्रता लिएका छन्। उनले ३ हजार ८ सय ३८ मत प्राप्त गरेका छन भने उनकी निकटम प्रतिद्धन्दीका रुपमा रणु दाहालले ३ हजार ८ सय ५ मत प्राप्त गरेकी छिन्। यी दुईबीच मात्र ३३ मतको मात्र फरक छ।

२६ वर्षपछि पहिलो पटक कांग्रेसको नेतृत्व

नारायण नगरपालिका–१ दैलेखको सदरमुकाम रहेको वडा हो । राजनीतिक हिसाबले निकै महत्वपूर्ण रुपमा हेरिने वडामा २६ वर्षपछि कांग्रेसले नेतृत्व लिने अवसर पाएको छ । २०५४ देखि निर्वाचनमा जित्दै आएको वडामा २६ वर्षपछि नेकपा एमालेले आफ्नो विरासत गुमाएको हो ।

मार्मा गाउँपालिकाः तीनमा माओवादी, २ एमाले र १ मा कांग्रेस

छ वटा वडा रहेको गाउँपालिकामा तीन वटा वडामा नेकपा माओबादी केन्द्र, दुई वटा वडामा नेकपा एमाले र एक मात्र वडामा नेपाली कांगेसका उम्मेदवारहरु प्यानल सहित निर्वाचित भएको नौगाड गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्