कांग्रेसमा लफडा
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण आन्तरिक कलह तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले पार्टीका विभाग र समिति गठन प्रक्रिया सुरु गरेसँगै कांग्रेसभित्रको विवाद फेरि बाहिर आएको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण आन्तरिक कलह तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले पार्टीका विभाग र समिति गठन प्रक्रिया सुरु गरेसँगै कांग्रेसभित्रको विवाद फेरि बाहिर आएको हो।
पूर्वराष्ट्रपति डा रामवरण यादवले आफ्नो चाहना प्रधानमन्त्री रहेको बताएका छन्। राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै उनले आफूले राजनीति गर्दा नेपाली कांग्रेसको सभापति र प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताए।
कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताबीच आपसमा भएको झडपले कांग्रेस तरंगित छ। सँगै सामाजिक सञ्जाल पनि तातेको छ। सामाजिक सञ्जालमा यतिबेला नेविसंघको नेतृत्वलाई लिएर टीकाटिप्पणी हुन थालेको छ।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ। बहुमतले विधान परित गरेको विषयलाई लिएर असन्तुष्ट बनेको समूहले मंगलबार बोलाइएको बैठक बहिष्कार गरको हो। सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै बैठक बहिष्कार गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन्। सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन्। पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको बैठक समापनमा दुवै नेताले एक भएको सन्देश कार्यकर्तालाई दिएका थिए।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरू आपसमा भिडेको घटनाले पार्टीभित्र प्रवेश पाएको छ। आतबार धर्नाका लागि पुगेका पार्टी कार्यालय सानेपा पुगेका दुई गुटका नेताहरू आपसमा झडप परेका थिए।
कांग्रेस जिल्ला सभापतिहरूले फेरि महासमिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकलेका छन्। महासमितिको बैठकबाट पारित विधान पार्टीले उल्ट्याएको भन्दै जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन्।
नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमति हुँदाहुँदै पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव बहुमतबाट पारित गरेको छ। महासमिति बैठकका सुझाव समेटेर विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले बहुमतका आधारमा पारित गरेको हो। केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले महासमिति बैठकमा पेस भएका प्रस्ताव केन्द्रीय समितिले बहुमतबाट पारित गरेको जानकारी दिए।
देशकै पुरानो र लोकतान्त्रिक दलको रूपमा चिनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिले महासमिति बैठकको निर्णय उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रमै प्रश्न उठ्न थालेको छ। कांग्रेसको मिनि महाधिवेशनको रूपमा रहेको महासमिति निर्णय गर्नका लागि केन्द्रीय समितिभन्दा माथिल्लो कार्यकारी थलो हो। तर त्यसले गरेको निर्णयलाई केन्द्रीय समितिले कार्यान्वयनमा ल्याउनुको सट्टा उल्ट्याएपछि कांग्रेसको आन्तरिक लोकतन्त्रबारे अनेक टिकाटिप्पणी हुन थालेको छ।
संसदमा दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयक २०७५ ले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयत्न गरेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ। आइतबार बसेको केन्द्रीय समिति बैठकले विधेयकले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नै असर पर्ने निष्कर्ष कांग्रेसको छ।
नेपाली कांग्रेसको नयाँ विधानलाई पार्टी केन्द्रीय समितिले बहुमतबाट पारित गरेसँगै संस्थापनइतर समूहका नेताहरूले फरक मत दर्ज गराएका छन्।
नेपाली कांग्रेसको विधान केन्द्रीय समिति बैठकबाट बहुमतले पारित भएको छ। लामो समयको छलफलबाट पनि निकास निक्लन नसकेपछि सभापति शेरबहादुर देउवा समूहले विधान बहुमतबाट पारित गरेको हो।
नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको झडपमा दर्जन बढी विद्यार्थी नेता घाइते भएका छन्। आज पार्टी कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहबीच प्रदर्शनको ठाउँलाई लिएर झडप भएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजालले पार्टी नेतृत्वमा नयाँ पुस्ता आउन जरुरी रहेको बताएका छन्।
नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भएको नेविसंघको दुई समूहबीचको झडपमा समाचार संकलनका लागि गएका पत्रकार घाइते भएका छन्।