१ मंसिर २०८१ शनिबार
image/svg+xml

नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हात हालाहाल

नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आज पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ।

‘त्यसो भए त राल्फा गलत थिए त ?’

नेपाली कांग्रेसबाट राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारी मुलुकमा एकजना चर्चित वरिष्ठ अधिवक्तासमेत हुन्। उनले नागरिक स्वतन्त्रताका पक्षमा आफूलाई जहिल्यै उभ्याउँदै आएका छन्। प्रमुख विपक्षी दलका सांसद भए पनि सरकारको आलोचना पनि मर्यादित भएर गर्नुपर्ने ठान्छन्।

एक वर्ष बाँकी छँदै महाधिवेशनको ज्वरो

महाधिवेशन आउन एक वर्ष छँदै सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालाई प्रतिस्पर्धी कै रूपमा उभ्याएपछि कांग्रेसमा महाधिवेशनको चर्चा सुरु भएको छ। बुधबार सभापति देउवाले नेता कोइरालाई कटाक्ष गर्दै भने, ‘थर कोइराला हुँदैमा नेतृत्वका लागि सक्षम हुँदैन।’

दुई समूहका अडान, विधान अलपत्र

नेपाली कांग्रेसको महासमिति बैठकको निर्णय कार्यान्वयनको विषयलाई लिएर पार्टीभित्र विवाद बढ्दै गएको छ। विधानमाथि नेताहरूको अड्डीले कांग्रेसमा मतभेत सुरु भएको हो।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसको बिहीबार बस्ने तय भएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ। महासमिति बैठकका निर्णयलाई कार्यान्वयन गर्न बस्ने भनिएको बैठक गुटगत विवादका कारण स्थगित भएको हो।

संसद् बैठकमै रेग्मीले च्यातिन् नियमावली

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले स्थानीय पूवाधार विकास साझेदारी कायक्रम (सञ्चालन कायविधि) नियमावली २०७५ प्रकाशित भएको राजपत्रलाई संसद्मा च्यातेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नियमावलीको नियम ७ मा रहेको समितिको बैठकसम्बन्धी कायविधिको उपनियम (४) मा ‘कायक्रम परामश समिति’को निणय सवसम्मतिबाट हुन नसकेमा संयोजकको निणय अन्तिम हुनेछ भन्ने व्यवस्था गरेको भन्दै राजपत्र च्यातेकी हुन्।

जथाभावी बोल्दै हिँड्ने कोइरालालाई समेत कारबाही हुन सक्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारबाही हुने बताएका छन्। नेपाली कांग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पुर्याउने सबैलाई कारबाही हुने स्पष्ट पारे।

सिमरामा देउवालाई १ सय ५१ किलोको माला

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बाराकाे सिमरामा १ सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ।

दुई महिना पनि टिकेन देउवा–पौडेल ‘डिप लभ’

दुई महिनाअघि नेपाली कांग्रेसको महासमिति बैठकबाट ‘डिप लभ’ को घोषणा गरेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सम्बन्ध ‘ब्रेकअप’ अवस्थामा पुगेको छ।

३२ कटेका हटाउन नेविसंघमा दौडधुप

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ३२ कटेका नेताहरू हटाउन पार्टीभित्र तेस्रो धार भनिएको समूहले दौडधुप सुरु गरेको छ।

‘कांग्रेसमा अहिले नै गगनको पुस्ताले नेतृत्व पाउने अवस्था छैन्’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट बुद्धिजीवीले कांग्रेस नेताहरू गाउँ गएर आफ्ना गुटका कार्यकर्ता मात्र भेट्ने गरेको आरोप लगाएका छन्। प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आयोजना गरेको ‘कांग्रेसको अबको जिम्मेवारी विषयक’ कार्यक्रममा उनीहरूले कार्यकर्ताहरू पनि नीतिभन्दा व्यक्तिमुखी भएकाले कांग्रेसकाे भूमिका कमजाेर देखिएकाे बताए।

नेविसंघको नेतृत्वका लागि आआफ्नै दाउ

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्वका लागि विद्यार्थी नेताहरूले सक्रियता बढाएका छन्। नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिले विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकेपछि पार्टीले महाधिवेशन गराउन नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी सभापति शेरबहादुर देउवालाई नेताहरूसँग परामर्श गरेर संघको नयाँ नेतृत्व टुंगो लगाउन केन्द्रीय समितिले जिम्मा दिएको छ।

नेविसंघको नेतृत्वमा तेस्रो धारको दाबी

नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा  नेता कृष्णप्रसाद सिटौला समूहले नेतृत्वको दाबी गरको छ।

कांग्रेसको नजरमा सरकारको एक वर्ष : विश्वास गुमाएको बाबुजस्तै

सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी सरकारको वर्ष दिनको कामको समीक्षा सार्वजनिक गरेको छ।

कांग्रेसद्वारा सुनुवाई समितिको बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ। संवैधानिक आयोगहरुमा प्रमुख प्रतिपक्षी दलका नेता विनकै बैठकले पदाधिकारी सिफारिस गरिएको भन्दै कांग्रेस असन्तुष्ट रहँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्