आचारसंहिता कडाइकासाथ लागू गर्छौं: आयुक्त भण्डारी
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार बनाउँदा कुनै एउटाको पक्ष वा विपक्ष नरही निष्पक्ष समाचार सम्प्रेषण गरिदिन सञ्चार माध्यमलाई आग्रह गरेका छन्।

