५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘बाघे माउसुली’ फेला पर्‍यो

नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ। बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो। जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) पहिलोपटक बाँके जिल्लाको कम्दी जैविक मार्गमा भेटिएको हो।

बस्तीमा बाघ पसेपछि टीकापुरमा त्रास

बस्तीमा बाघ पसेपछि कैलालीको टीकापुरमा त्रास बढेको छ। टीकापुर नगरपालिका–१, ब्लक नम्बर ९ मा बिहीबार बिहानै बाघ देखिएको छ। स्थानीय गोपाल साउँदका अनुसार गणेश मन्दिर नजिकै बाघ देखा परेको हो।

बाघको आक्रमणबाट मृत्यु

बाघले आक्रमण गर्दा बर्दियामा एकको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीय चन्द्रबहादुर शाहीको बाघकाे अाक्रमणमा परी मृत्यु भएको हो।

पाटेबाघ संरक्षणमा चुनौती

बर्दिया राष्ट्रिय निकुञ्जको अम्रेनीस्थित नेपाली सेनाको सुरक्षा पोस्टदेखि तीन किलोमिटर उत्तर गत पुस २७ गते कारले ठक्कर दिँदा वयस्क पाटेबाघ घाइते भयो। दाँत झर्नुका साथ ढाडमा गम्भीर चोट लागेको उक्त बाघको उपचार निकुञ्जमा भइरहेको छ। निकुन्ज स्रोतका अनुसार बाघको अवस्था नाजुक छ।

पाटेबाघको छाला र हड्डीसहित दुई पक्राउ

पाटेबाघको छाला र हड्डीसहित दुई ब्यक्ति पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कबाट विशेष सूचनाको आधारमा प्रदेश अनुसन्धान ब्यूरो नेपालगन्ज शाखा र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पाटेबाघको छालासहित ४ पक्राउ

संरक्षित जंगली बन्यजन्तु पाटेबाघको छालासहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी बाघको छालासहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो।

पाटेबाघको छालासहित दुई पक्राउ

पाटेबाघको छालासहित प्रहरीले गोगंबुबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका तेज अधिकारी र विक्रम लामा छन्। गोगंबुमा पाटेबाघको छाला विक्री गरिरहेको सूचनाका आधारमा विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

नेपालमा वन्यजन्तु संरक्षणको बेलायतमा प्रशंसा

लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बाघको संरक्षणमा नेपालले प्राप्त गरेको सफलताको खुलेर प्रशंसा गरेका छन्।

बाघ संरक्षणमा चुनौती

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ह्वात्तै बढेको छ। बाघ संरक्षणकै लागि स्थापना गरिएको निकुञ्जमा बाघ गणनाको पछिल्लो तथ्याङ्कअनुसार २१ बाघ पुगेका छन्। बाघको संख्या बढेसँगै बाघ संरक्षणमा चुनौती थपिएको छ।

बाघको संख्या दोब्बर वृद्धि भएकोमा बेलायतद्धारा नेपालकाे प्रशंसा

बेलायत सरकारको आयोजनामा लण्डनमा बन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी द्धिदिवसीय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० वुदेँ विश्व घोषणापत्र जारी गरेको नेपाली दूतावास लण्डनले जनाएको छ।

पाटे बाघ मृत फेला

बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ मृत अवस्थामा बुधवार फेला परेको छ। पूर्व–पश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने चिसापानी पोष्ट नजिक बुढो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुग्यो

बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटे बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् २०१७ मा गरिएको बाघ गणनाको संख्या सार्वजनिक गर्दै ८७ पुगेको निकुञ्जले जनाएको छ।

पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि

वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय संरक्षण दिवसका अवसरमा आइतबार आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो।

शुक्लाफाँटामा पाटे बाघकाे संख्या घट्याे, बाघका ३ प्रजाति लाेप भए

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ पाटे बाघको संख्या घटेको छ। अघिल्लो गणनाको तुलनामा पछिल्लो पटक भएको गणनामा बाघको संख्या घटेको छ।

बाघको दाह्रा ओसारपसार गर्ने दुई पक्राउ

बाघको दाह्रा ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट उनीहरू पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्