७ आश्विन २०८१ सोमबार
image/svg+xml

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका-६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ।

किराँत धर्मगुरुबाट फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक अनावरण

सालिक निर्माणको क्रममा करिव एक करोड रुपैंया खर्च भएको र अहिलेसम्मको निर्माण लगानीमा धार्मिक व्यत्तित्व र दाताहरुको सहयोग रहेको फेम्बोले बताए।

ताप्लेजुङमा मतपत्रसहित सबै निर्वाचन सामग्री आइपुग्यो

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अब मतपत्र सटिङ गर्ने काम हुने छन्। जिल्ला निर्वाचन कार्यालयमा रहेका अन्य निर्वाचन सामग्री मतदानस्थल र केन्द्र अनुसार प्याकिङ गर्ने काम भइरहेको समेत निर्वाचन कार्यालयले जनाएको छ।

एउटै ढुंगा कुँदेर बनाइएको फाल्गुन्दको सालिक अनावरण गरिँदै

फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमसँगै उक्त सालिक अनावरण गर्न लागिएको निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए। उनका अनुसार एउटै ढुंगा कुँदेर महागुरु फाल्गुनन्दको यति धेरै अग्लो र वजनदार सालिक नेपालमा पहिलो पटक निर्माण गरिने भएकाे छ।

ताप्लेजुङको सिरिजंगामा भएको नमूना मतदानमा पाँच प्रतिशत मत बदर

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशत र प्रत्यक्षतर्फ साढे ५ प्रतिशत मत बदर भएको थियो। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार तेल्लोक माध्यमिक विद्यालयमा भएको नमूना मतदानमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५८ जनाले मतदान गरेकोमा २ मत बदर भएको थियो। ५६ मत सदर भएको थियो।

मतदाता शिक्षासहित निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन सञ्चारकर्मीसँग सहयोग माग

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रमा जिल्ला न्यायाधीस तथा मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले आवधिक निर्वाचन लोकतन्त्रको आधार भएको बताउँदै यसलाई निष्पक्ष र पारदर्शी बनाउन सरोकारवालाको भूमिका बलियो हुने बताइन्।

उम्मेदवार–उम्मेदवारबीच खुल्ला बहस गर्न जसपा ताप्लेजुङको आह्वान

जनता समाजवादी पार्टी ताप्लेजुङले उम्मेदवार–उम्मेदवारबीच सार्वजनिक खुल्ला बहसका लागि प्रतिस्पर्धी सबै उम्मेदवारहरुलाई आवहन गरेको छ।

वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिको घरघरमै गएर स्वास्थ्य परीक्षण गर्दै मैवाखोला

पालिका अध्यक्ष वनेमले आफुले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गरेको घोषणा अनुसार अभियान प्रारम्भ भएको बताए।

ताप्लेजुङमा अस्थायी मतदान केन्द्र, समानुपातिक मतपत्र र निर्वाचन सामग्री आइपुग्यो

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।

पर्यटकीय चहलपहल बढ्यो कञ्चनजङ्घा क्षेत्रमा

उनले भने, 'आज पनि १६ जनाको समुह आउँदै छ। चेक पोष्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ।' साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताए।

तीन साताभित्र ३०६ तोला बढी सुन बरामद

उनीहरुले गरगहना लुटपाटको योजना काठमाडौँस्थित ग्राण्डी अस्पताल नजिक बसेर बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। आरोपीविरुद्ध अदालतबाट थप १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

इजाजत बेगर बोतलमा बिक्री हुँदै आएको पेट्रोल र सुर्ती नियन्त्रणमा

अनुगमन टोलीका सदस्य तथा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले यसअघि उपभोक्ता हित प्रति सचेत भइ व्यवसाय सञ्चालन गर्न सुझाव दिइ सकिएकोले अबको अनुगमन ‘एक्सन’ केन्द्रित हुने बताए।

ताप्लेजुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

यस्तै गए राति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्याक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाई तथा दिदीबहिनी गरी ४ जनाको मृत्यु भएको थियो।

कर्मचारीलाई नियन्त्रणमा लिई आइएमईबाट लाखौं नगदसहित गहना लुटियो

चार जनाको समूहमध्ये तीनजना एकैसाथ आइएमईमा प्रवेश गरी कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिई रकम र गरगहना लिएर भागेका हुन्।

खुल्ला म्याराथनमा जुम्लाका कुँवर र हाफ महिला म्याराथनमा ताप्लेजुङकी समपाल्मुले जिते उपाधि

ताप्लेजुङमा सञ्चालन भएको खुल्ला म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन्। महिला हाफ म्याराथनको उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्