६ वैशाख २०८१ बिहीबार
समाज

इजाजत बेगर बोतलमा बिक्री हुँदै आएको पेट्रोल र सुर्ती नियन्त्रणमा

संयुक्त बजार अनुगमन टोलीले शुक्रबार ताप्लेजुङको फुङलिङ बजारका केही पसलबाट इजाजत बेगर बिक्री हुँदै आएको पेट्रोल र सुर्तीजन्य पदार्थ जफत गरेको छ।

सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा गरिएको अनुगमनका क्रममा बिक्री इजाजत नलिइ खुलमखुल्ला रुपमा बोतलमा भरेर बिक्री हुँदै आएको दुई स्थानको पेट्रोल र ५ स्थानको सुर्ती नियन्त्रणमा लिइएको अनुगमन समितिले जनाएको छ।

सहायक प्रजिअ भट्टराईले अन्तःशुल्क बेगर बिक्री गरिदैं आएको ५ स्थानको सुर्ती र इजाजत बेगर बिक्री हुँदै आएको २ स्थानको पेट्रोल नियन्त्रणमा लिएको बताए। बोतलमा भरेर साविक भन्दा बढी मूल्यमा पेट्रोल बिक्री हुँदै आएको सूचना अनुगमन टोलीले पाएको जनाएको छ।

अनुगमन टोलीका सदस्य तथा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले यसअघि उपभोक्ता हित प्रति सचेत भइ व्यवसाय सञ्चालन गर्न सुझाव दिइ सकिएकोले अबको अनुगमन ‘एक्सन’ केन्द्रित हुने बताए।

अनुगमन टोलीले वैधानिक प्रकृया पूरा गरी व्यवसाय सञ्चालन गर्न, म्याद नाघेका र अखाद्य बस्तु बिक्री वितरण नगर्न, सम्बन्धित कम्पनीमा फिर्ता हुने म्याद नाघेका र अखाद्य बस्तुलाई बिक्री कक्ष भन्दा बाहिर जनाउ दिएर बेग्लै भण्डारण गर्न, दर्ता र नविकरण समयमै गर्न व्यवसायी तथा सञ्चालकलाई अनुरोध गर्दै आइरहेको जनाएको छ।

यस्तै उपभोक्तालाई आफूले खरिद गर्ने सामग्रीको म्याद भए/नभएको ठहराएर मात्र खरिद गर्न तथा वैधानिक प्रकृया विपरीत कार्य भएको भए त्यसको सूचना अनुगमन टोली समक्ष तत्काल दिएर उपभोक्ता हित अनुकूल व्यवसाय सञ्चालनमा सहजीकरण गर्न अनुगमन समितिले आग्रह गर्दै आइरहेको छ।

प्रकाशित: ४ कार्तिक २०७९ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App