जापानबाट श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी
गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रिय कोषाध्यक्ष पदमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। बिगत लामो समयदेखि एनआरएनए अभियान संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव,क्षमता,दक्षता र योग्यतालाई एनआरएनए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेको बताएका छन्।