गठबन्धनका ११ जनाको उम्मेदवारी फिर्ता भएन
आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभामा रसुवाबाट २३ जना उम्मेदवार सहभागि हुने भएका छन्। निर्वाचनमा भाग लिनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अन्तिम नामावली प्रकाशन गरेको छ।