बन्ने सामन्त, भन्ने लोकतन्त्र !
सत्तामा नपुगुन्जेल जनताको अधिकारको दुहाई दिने, पुगेपछि आफ्नो इच्छाअनुसार जनता चलुन् भन्ने चाहने, जनतालाई निर्देशन दिने !
सत्तामा नपुगुन्जेल जनताको अधिकारको दुहाई दिने, पुगेपछि आफ्नो इच्छाअनुसार जनता चलुन् भन्ने चाहने, जनतालाई निर्देशन दिने !
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र' को नामबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौड़ेल डा. शसांक कोईराला र प्रकाशमान सिंह लगाएतले रणनैतिक कार्यालय स्थापना गरेका छन्।
जब नैतिकता, उत्तरदायित्व र जवाफदेहिताको मृत्यु हुन्छ, तब लोकतन्त्र सौन्दर्य र सुगन्धविहीन बन्छ। अनि त्यस्तो चिज कसरी जनप्रिय हुन्छ ?
यतिबेला सूचना प्रविधिसम्बन्धी विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा लगाउन लागेको लगामबारे चर्चा भइरहेको छ। सूचना प्रविधिको विकाससँगै अहिले आम नागरिक यसको पहुँचमा पुगेका छन्। यसको प्रयोग बढेसँगै राज्यका कुनै पनि निकाय र व्यक्तिबारे टिप्पणी गर्न सक्ने हैसियतमा आम मानिसलाई पु-याएको छ।
सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्को समितिले कडा दण्डसजायका प्रावधान राखेर पारित गरेको छ। प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले आइतबार पारित गरेको यो विधेयकअनुसार कसैलाई सामाजिक सञ्जालमा जिस्क्याएको वा धम्क्याएको खण्डमा ५ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुन्छ।
स्थूल रूपमै देखापर्न थालेका दुई प्रवृत्तिसँग जुझ्नुपर्ने आवश्यकता लोकतन्त्रका यात्रीसामु आइपरेको छ। एउटा प्रवृत्ति हो– आलोचना सुन्नै नचाहने सत्ताको श्रवणशक्तिविहीनता। अर्को हो– नागरिकको कर्तव्यको कुनै पर्वाह नाराखी जेको पनि विरोध गर्ने अराजकतावाद।
चार वर्षको अघि सम्पन्न भएको निर्वाचनमा बेइजिङ समर्थित उम्मेदवारले दुई सय ९८ सिटमा जित हासिल गरेका थिए, जसको अर्थ उनीहरुले हङकङको १८ वटै जिल्ला परिषद्मा आफ्नो नियन्त्रण कायम गर्न सफल भएका थिए।
लोकतन्त्र दिनप्रतिदिन कम्युनिष्ट पार्टीका कारण खतरामा परेको नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । निर्वाचनबाट चुनिएकाहरु तानाशाह हुन्छन् भन्ने उदाहरण नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेरे पुग्ने उनको टिप्पणी रहेको थियो।
नेकपाको सरकारले संविधानका अनिवार्य सर्तहरू पालना गर्ने कुनै जांँगर देखाएको छैन भन्ने जगजाहेर छ। संघीय संसद् र प्रदेशसभामा सभामुख र उपसभामुख एउटै पार्टीको नरहने स्पष्ट व्यवस्था भएपनि दुईतिहाइको बलमा ती दुवै पद कब्जा गरेर बसेको छ।
हङकङका उच्च तहका लोकतन्त्रवादी अभियन्ता जोसहुवा ओङलाई आसन्न स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि प्रशासनले अयोग्य ठहर गरेको छ।
लोकतन्त्रवादी त्यही हो, जसले कानुनको शासनमा विश्वास गर्छ। कानुनले सानो वा ठूलो भन्दैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनका दृष्टिमा समान हुन्छ। यसकारण नै हामीले लोकतन्त्र अंगीकार गरेका हौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद मोहम्मद आफताब आलम २०६४ सालमा निर्वाचनअघि २२ जनाको हत्या अभियोगमा यतिबेला पक्राउ परेका छन्।
फरक विचार राख्मेमाथि आक्रमण भएको भन्दै साझा पार्टी निकट युवा संगठनले विरोध जनाएको छ। साझा युवा संगठनका महासचिव सरोज गौतमले एक विज्ञप्त निकाल्दै लोकतान्त्रिक व्यवस्थामा आम नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना अभिव्यक्ति एवम् विचार राख्न पाउँने स्वतन्त्रता भएको बताए।
लोकतन्त्रवादीका निम्ति प्रिय अभिव्यक्ति हुनुपर्छ– ‘म तपाईंका विचारसँग सहमत छैन तर तपाईंको बोल्ने अधिकारका निम्ति म लडिरहनेछु।’ परिस्थिति विपरीत ढंगले विकास भइरहेको छ– ‘तपाईं मेरा विचारसँग सहमत हुनैपर्छ, मसँग असहमत विचार राख्नुभयो, त्यसविरुद्ध म आक्रमण गरिरहनेछु।’ मुलुकमा कस्तो लोकतान्त्रिक अभ्यास भइरहेको छ ? असहमत विचार गलाउन शारीरिक आक्रमणको शृंखला सुरु भएको छ।
लोकतन्त्रको अर्थ हाम्रा निम्ति जीवन पद्धतिमै रूपान्तरण हो। हामीलाई लोकतन्त्र चाहिएको सत्ता–शिखरमा पुगेका हाम्रा नेताले समेत हिजोजस्तै आफ्ना सेवक र चाकरीदारलाई ‘बक्सिस’ दिनाका लागि मात्र होइन। तिनका व्यवहारमा पनि राजा–महाराजाका दम्भ झल्किनु हामीलाई स्वीकार्य छैन। राजकीय शक्तिले व्यक्तिलाई अझ बढी विनम्र बनाउनुपर्छ, दम्भी होइन। अनि एकबारको मतादेशलाई सदासर्वदाको जनादेश सम्झेर व्यवहार गर्नुको साटो आफूप्रतिको विश्वास कम नहोस् भनेर फुकीफुकी चल्नु उचित हुन्छ। अनि मात्र अपेक्षित परिणाम ल्याउन सकिन्छ। आम नागरिकका असन्तुष्टिसमेत कम हुन्छन्। राष्ट्रिय जीवनमा योगदान गर्ने व्यक्तिलाई राष्ट्रले सम्मान गर्छ। यस्तो सम्मान सत्पात्रका हातमा पर्नुपर्छ।
नेताहरूले बारम्बार लोकतन्त्र खतरामा रहेको बताउँदै आए पनि कोबाट र कसरी खतरा छ भन्नेबारे प्रामाणिक कुरा हालसम्म नआएकाले यस्तो अभिव्यक्ति एकले अर्कोलाई लगाउने राजनीतिक आरोपमा मात्रै सीमित भएको देखिन्छ।