१० मंसिर २०८१ सोमबार
image/svg+xml

सचिवालयबाटै गुट सुरु गरियो : योगेश भट्टराई (भिडियाे सहित)

मन्त्री बन्ने–नबन्ने कुरामा दुई विषयले महत्व राख्छ– पहिलो प्रधानमन्त्रीको च्वाइस र अर्को पार्टीको निर्णय । पछिल्लो दिनमा मन्त्री बन्ने विषयमा पार्टी निर्णय गौण हुन थालेको छ, पार्टीभित्र आजकल छलफल हुँदैन्, भएको छैन ।त्यसैले आफूलाई अनुकूल व्यक्ति प्रधानमन्त्रीले छानेको हुनुपर्छ।

मंसिर भित्र पार्टी एकता टुंगिन्छ : नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आउँदो मंसिरभरमा तल्लो तहसम्मै पार्टी एकता भइसक्ने दाबी गरेका छन्। उनले माथिल्ला कमिटी निर्माण भइसकेपनि तल्लो तहसम्म पार्टी एक हुँदा मात्र पार्टी सशक्त हुने बताए।

नेकपाकै सांसदको माग : काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्छ

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले काम नगर्ने ठेकेदारलाई सुलीमा चढाउनुपर्ने बताएका छन्।

लालबाबु पण्डित भन्छन् : नेकपाभित्र मौरीजस्तो एकता हुनुपर्छ

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीभित्रको एकता मौरी जस्तो हुनुपर्ने बताएका छन्। प्रेस चौतारी र प्रेस सङ्गठन मोरङद्धारा आयोजित कार्यक्रममा उनले गङ्गटा प्रवृत्तिको अन्त्य गरी मौरी एकता भएमा मात्र पार्टीले गति लिने बताए।

गृहजिल्ला पुगेर भट्टराईले भनेः नेपालको इतिहासमा यो नै अन्तिम र निर्णायक क्रान्ति हो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले अहिलेकै अवस्थामा नेपालमा अरु राजनीतिक क्रान्तिको विषय फगत मात्र हुने बताएका छन्।

सरकारले जनताका काम गर्न सकेन : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बर्तमान सरकार आफ्नो मतदाता तर्फ मात्र ढल्केर काम गर्दै आइरहेको आरोप लगाएका छन्। सरकारले जनताका काम गर्न नसकेकव उनको भनाई छ।

सर्लाही घटनामा हाम्रो संलग्नता छैन : नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा गत सोमबार एवं मंगलबार भएको झडपमा आफ्ना नेता कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेको छ।

नेकपाबाट निर्वाचित वडाध्यक्ष सहित जनप्रतिनिधि कांग्रेसमा प्रवेश

पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष सहित ८ जना जनप्रतिनिधिले  नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

पार्टीलाई कमजोर पार्ने कसरत गरियोः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई कमजोर पार्ने कसरत गरिएको आरोप लगाएका छन्। पार्टी एकता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कसरत देश भित्र र देश बाहिरबाट गरिएको उनकाे अाराेप छ।

नेकपाको चियापानमा देउवाले भने : मेलमिलाप र समृद्धिमा जानुपर्छ

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताएका छन्। विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले शनिवार राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गरे।

यस्तो रह्यो नेकपाको चियापान (फोटो फिचर)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रमको आयोजना गरेको छ। विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको शुभारम्भ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए।

नेकपाको चियापानमा देउवा सहभागी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सहभागी भएका छन्। नेकपाले शनिवार विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा देउवा अपराह्न ४ बजेतिर पुगेका हुन्। उनलाई नेकपाका नेता कार्यकर्ताले स्वागत गरेका थिए।

चिकित्सकले 'रेष्ट' गर्न भनेपछि प्रधानमन्त्री ओली चियापानमा गएनन्

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुन सकेनन्।

प्रदेश प्रहरी ऐनमा हाम्रो विरोध छैन्ः नेकपा

नेकपाका प्रदेश नम्बर २ का ईन्चार्ज एवम् प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश प्रहरी ऐनमा आफूहरुको विरोध नरहेको बताएका छ। प्रक्रियामा मात्रै आफूहरुको आपत्ति रहेकोको उनको भनाई छ।

सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) : निर्वाचन आयोग

निर्वाचन आयोगले नवगठित सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई नै वैधानिकता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्