coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) : निर्वाचन आयोग

काठमाडौ–निर्वाचन आयोगले नवगठित सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई नै वैधानिकता दिएको छ। 

तत्कालीन नेकपा एमाले र नेकपा माओबादी(केन्द्र) एकिकृत भएर निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाम प्रस्ताव गरिएको थियो। तर उक्त नाम आफ्नो पार्टीले पहिले नै पाइसकेको भन्दै अर्को दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगमा उजुरी गरेका थिए।

उजुरीमाथि सुनुवाई गर्दै आयोगले आज प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको पार्टीलाई  कोष्टक भित्र नेकपा राख्ने गरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नाम दिँदा आपत्ति जनाउनु नपर्ने भन्दै कट्टेलको उजुरी खारेज गरेको जनाएको छ।  नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का पहिचान अगल अलग नै देखिने हुँदा निवेदक कट्टेलको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए।

आयोगले नाम विवाद सुुल्झाउन यसअघि दुवैदलका प्रतिनिधिसँग छलफल गरेको थियो। प्रमूख निर्वाचन आयुक्त अयोधीप्रशाद यादव आयुक्तहरु इला शर्मा इश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहालको इजलाशले कट्टेलको निवेदन खारेज गर्ने पैmसला गरेको हो।  

 

प्रकाशित: ९ कार्तिक २०७५ ०९:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App