२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अमेरिका- वेलायतको दवाबमा इराक–अफगानिस्तानको प्रतिबन्ध खुल्दैछ: श्रममन्त्री

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले अफगानिस्तान तथा इराक दुवै देशमा काम गर्न जान लगाइएको प्रतिबन्ध हटाउने तयारी भइरहेको बताएका छन्। आगामी क्याबिनेटले त्यो प्रतिबन्ध हटाउने उनले बताए।

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् ।

तालिवानद्वारा अफगानिस्तानको एक दक्षिणी जिल्ला कब्जा

कुन्दुज–फगानिस्तानमा करिब डेढ दशकदेखि हत्या हिंसा चलाइरहेका तालिवानहरुले अफगानिस्तानको उत्तरतर्फको एक जिल्ला कब्जा गरेको छ । उनीहरुले अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुज प्रान्तको नजिक रहेको खान अबाद जिल्लालाई शनिबार कब्जा गरेका बताइएको छ । त्यसअघि सो जिल्लामा गएको रातिदेखि नै व्यापक मात्रामा भिडन्त भएको थियो ।

अफगानिस्तानमा आत्मघाती विस्फोट, ८० को मृत्यु

काबुल–अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको आत्मघाती बम विस्टफोटमा मर्नेहरुको संख्या ८० पुगेको छ। २ सय जना भन्दा बढी घाइते भएका छन्।

प्रधानमन्त्रीद्वारा अफगानिस्तान घटनाबारे संसदलाई जानकारी

प्रधानमन्त्री केपी ओलीले असार ६ गते अफगानीस्तानमा आत्मघाती आक्रमणमा परी मृत्यु भएका १३ जना नेपालीको विषयमा संसदलाई जानकारी गराएका छन्। बुधबार बसेको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो घटनाको जानकारी संसदलाई गराएका हुन्।

नेपालीमाथि तालिवानी निसानाः अर्को आक्रमणको चेतावनी

तालिवानले २७ तारिख सोमबार (भोली) पनि नेपालीमाथि ठूलो आक्रमण गर्ने चेतावनीसहितको सूचना त्यहाँको इन्टेलिजेन्समार्फत नेपाली रहेका क्याम्प र सम्बद्ध निकायमा दिएको छ। सोमबार २० तारिखका दिन नेपालीमाथि गरिएको बम बिस्फोटको पूर्व सूचनासमेत तालिवानीले दिएका थिए। तर त्यो सूचना काबुलस्थित क्यानेडियन दूतावास र ब्रिटिस कम्पनी साब्रे इन्टरनेशनल सेक्युरिटीले लुकाए। परिणामः १३ नेपालीको ज्यान गयो।

अफगानिस्तानसहित चार देश राेजगारीमा जान प्रतिबन्ध

काठमाडौं– सरकारले अफगानिस्तानसहित विभिन्न चार देशमा वैदेशिक रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ। अफगानिस्तानको राजधानी काबुलमा सोमबारको आतंकवादी हमलामा १३ नेपाली मारिएपछि बिहीबार मन्त्रिपरिषद बैठकले अफगानिस्तान, इराक, सिरिया र लिबिया वैदेशिक रोजगारीका लागि असुरक्षित ठहर गर्दै प्रतिबन्ध लगाएको हो।

'अफगानिस्तान घटना दोहोरिन सक्छ'

रोजगारीमा इराक पुगेका १२ जना नेपालीको हत्या भएको घटना बिर्सन नपाउँदै अफगानिस्तानमा त्यस्तैखाले घटना दोहोरिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली झनै असुरक्षित हुँदै गएको ठानिएको छ। असुरक्षित मुलुकमा नेपाली कामदारलाई श्रम स्वीकृति जारी गर्नु हुँदैन भन्ने सशक्त आवाज उठेका बेला श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति जारी गर्ने क्रम नरोकेपछि सरोकारवालाले सरकारी निकाय नै कामदार सुरक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन्।

अफगानिस्तानबाट फर्कन चाहनेलाई नेवानिको विमानमा लिफ्ट

काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा 'एयर लिफ्ट' दिने बताएको छ। सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउने व्यवस्था गरेको हो।

अफगानिस्तान अात्मघाती बम विस्फोटमा १४ नेपालीको मृत्यु, ५ घाइते (अपडेट)

काठमाडौं—अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाती बम विस्फोटमा परी १४ नेपालीको मृत्यु भएको छ। अफगानिस्तानको गृह मन्त्रालयले १४ नेपाली मारिएको उल्लेख गर्दै बिहान ५:४० बजे भएको उक्त अात्माघाती हमलामा थप ५ नेपाली घाइते भएको पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्