२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सर्वेन्द्र खनालले दिए सुरक्षाको उचित व्यवस्था गर्न निर्देशन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रदेश प्रहरी प्रमुखलाई महानिरीक्षक भन्ने प्रस्तावले विवाद

विभिन्न सात प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) नै राख्ने विधेयकमा प्रस्ताव गरिएको छ।

विप्लव मात्र होइन को को समातिन्छन् केही दिन पर्खनुहोस न: सर्वेन्द्र खनाल

प्रहरीको नियमित भेटघाटमा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि पेसेवर र संगठित अपराधी पक्रन कुनै कसुर बाकी नराख्ने बताएका छन्।

निर्मला हत्या प्रकरण : भिआइपी अभिव्यक्ति नै भ्रामक

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ।

प्रहरीले अब गल्ती गर्दैन : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतको समयलाई सम्झिएर प्रहरीबाट भइरहेको गतिविधिलाई नकरात्मक दृष्टिले हेर्न नहुने बताएका छन्।

इन्टरपोल महासभामा नेपाल प्रहरीको सहभागिता उपलब्धिपूर्ण : खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) काे ८७ औं महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्।

सत्तारुढ दलकै भातृ संगठनद्वारा प्रहरी महानिरीक्षकलाई बर्खास्त गर्न माग

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई तत्काल वर्खास्त गर्न माग गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गृहमन्त्री रामबहादुर थापालाई भेट्दै आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन्।

प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर जाँदै

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल कञ्चनपुर जाने भएका छन्। निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको छानविनका लागि गठित उच्चस्तरीय समितिले थप अनुसन्धान गर्न विशेष अनुसन्धान टोली पठाउन आग्रह गरेकै समयमा महानिरीक्षक खनाल आज कञ्चनपुर जान लागेका हुन्।

नसुध्रिने अपराधीलाई ढाल्नुपर्छ : महानिरीक्षक

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधी गतिविधिबाट समाजमा अशान्ति फैलाउने समूह वा व्यक्तिलाई ढाल्नुपर्ने बताएका छन्। कलैयामा जडान गरिएको सिसी क्यामेराको उद्घाटन कार्यक्रममा शुक्रबार महानिरीक्षक खनालले भने, ‘समाजमा आपराधिक गतिविधि गर्ने समूह वा व्यक्तिलाई सुरुमा सुध्रिन मौका दिनुपर्छ।

नालायकहरूले गरेको काम संगठनको हुँदैन : महानिरीक्षक खनाल

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन्।विहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिइएको बताए।

अपराधीलाई कुनै पनि हालतमा छुट हुँदैन : महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन्।

प्रहरी महानिरीक्षक अर्यालय चीनबाट फर्किए

प्रहरी महानिरीक्षक प्रकाश अर्याल असोज १० देखि १३ गतेसम्म चीनको बेइजिङमा सम्पन्न इन्टरपोलको ८६औं महासभामा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्