२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारको नेतृत्व आलोपालो गर्ने एमाले निर्णय

नेकपा एमाले आकस्मिक स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बनाउने निर्णय गरेको छ। पार्टी एकता र सरकार निर्माणबारे निर्णय लिन बसेको एमाले बैठकले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने समेत निर्णय गरेको एमाले उप-महासचिव घनश्याम भुसालले बताए।

मानभवनमा एमाले स्थायी कमिटी, खुमलटारमा माओवादी सचिवालय बैठक

पार्टी एकताबारे निर्णय लिन नेकपा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था आएपछि एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको हो।

‘जनयुद्ध’ दिवसमा पेरिसडाँडामा देखिएनन् एमाले नेता

२३ औं ‘जनयुद्ध’ दिवसको अवसमा माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व भएन। माओवादीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वासिएल) जनयुद्ध दिवसमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरे पनि पछि उक्त निर्णयबाट पछि हटेको थियो।

एमाले अध्यक्ष ओलीद्वारा महाशिवरात्रीकाे शुभकामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

प्रतिनिधिसभामा एमाले समानुपातिक सांसद : नेता पत्नीदेखि उद्योगीसम्म

एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार पुरुषसहित ४१ जनाको नाम टुंगो लगाएको छ।  पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले टुंगो लगाएको नामावली सूचीका केहीले पहिले पनि समानुपातिकतर्फ अवसर प्राप्त गरिसकेका छन्।

एमाले समानुपातिक सांसद : विद्यार्थी नेतृदेखि नेता पत्नीसम्म

नेकपा एमालेले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले टुंगो लगाएका नाममा नेता पत्नीदेखि विद्यार्थी नेतृसम्म छन्। एमालेले आज प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त ४१ स्थानका लागि नाम निर्वाचन आयोगमा बुझाएको छ।

यी हुन् एमालेका समानुपातिक सांसद

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक नामावली टुंगो लगाएको छ। धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले समानुपातिकतर्फ प्राप्त गरेको ४१ स्थानका लागि अन्तिम नामावली टुंगो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिए।

एमालेका अर्जुन थापा सभामुख हुने

प्रदेश ७ मा एमाले बझाङका प्रदेशसभा सदस्य अर्जुन थापा सभामुख हुने भएका छन् । शनिबार एमालेका अर्जुन थापा एकजनाको मात्र सभामुखका लागि मनोनयन दर्ता भएको प्रदेश ७ का प्रदेशसभा सचिवालयका मुरारी महतले बताएका छन्।

एमालेले आज दलको नेता चुन्ने

प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्। संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लागिपरेका छन् ।

एमालेले अान्तरिक गृहकार्यमा

प्रतिनिधिसभाका समानुपातिकतर्फको नामावली पठाउन नेकपा एमालेले आन्तरिक गृहकार्य थालेको छ। समानुपातिकतर्फ ४१ स्थान प्राप्त गरेको एमालेले विभिन्न क्लस्टरबाट ३७ महिलाको प्रतिनिधित्व गराउनुपर्नेछ।  एमालेबाट दलिततर्फ ५, आदिवासी जनजातितर्फ ११, खसआर्यतर्फ १२, मधेसीतर्फ ६, थारुतर्फ २ र मुस्लिमतर्फ १ महिलाको प्रतिनिधित्व हुनेछ । त्यसैगरी चार जना पुरुषको प्रतिनिधित्व हुनेछ।

प्रदेश नम्बर ३: एमाले संसदीय दलको नेतामा पौडेल विजयी, मुख्यमन्त्रीको बाटो खुल्यो

नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा डोरमणी पौडेल विजयी भएका छन्। उनले ३४ मत प्राप्त गर्दै प्रतिष्पर्धी अष्टलक्ष्मी शाक्यलाई पराजित गरे। शाक्यले २४ मत प्राप्त गरीन्। संसदीय दलका अर्का आकांक्षी राजेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितपुरको तुलसिलाल स्मृति भवनमा भएको चुनामा पौडेल र शाक्य दुई प्रतिष्पर्धी भएका थिए। शाक्य एमाले उपाध्यक्ष हुन् भने हेटौंडाबाट निर्वाचित पौडेल हेटौंडाका पूर्व मेयर हुन्।

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यतिबेला  संसदीय दलको नेता चयन गृहकार्यमा व्यस्त छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानीय तथा केन्द्रीय नेताहरू संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका हुन्।

एमाले संसदीय दलको नेतामा कँडेल

प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा नेकपा एमालेले यामलाल कँडेललाई चयन गरेको छ। बिहीबार वीरेन्द्रनगरमा बसेको दलको बैठकले पोलिटब्यूरो सदस्यसमेत रहेका कँडेललाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

राष्ट्रियसभा निर्वाचन: प्रदेश ५ मा एमाले हाबी

राष्ट्रिय सभामा प्रदेश नम्बर ५ बाट सबैभन्दा बढी एमालेको प्रतिनिधित्व रहने भएको छ। बुधबार सम्पन्न निर्वाचन परिणाम अनुसार कुल ८ मध्ये ४ सदस्य एमालेबाट निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्