२० आश्विन २०८१ आइतबार
image/svg+xml

राप्रपाले पोखराको मेयर-उपमेयरको उम्मेदवार तोक्यो

राप्रपा र अखण्ड नेपाल पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेका छन्।

राप्रपाको चुनावी संकल्प : १० वर्षमा सबै नागरपालिका स्मार्ट सिटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको संकल्प पत्र सार्वजनिक गर्दै आगामी १० वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त शहर (“स्मार्ट सिटी”) बनाउने बताएको छ।

राप्रपा र जनमोर्चाले पाल्पामा उम्मेदवार टुङ्गो लगाए

स्थानीय निर्वाचनको लागि जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार टुङ्गो लगाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको अन्तिम टुङ्गो लगाउन दिनहुँजसो बैठक बस्न थालेका छन्।

संविधान संशोधनप्रति राप्रपाको ‘ग्रीन सिग्नल’

स्थानीय तहको अधिकार कटौती गर्नेगरी सरकारले ल्याएको संविधान संशोधन विधेकलाई सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले सर्तसहित समर्थन गर्ने भएको छ।

एमाले–राप्रपा सहकार्य गृहकार्य

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय चुनावमा सहकार्यका लागि छलफल थालेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दुवै पार्टीभित्र स्थानीय तहमा सहकार्य गरेर जाने विषयमा छलफल भएको थियो । ‘दुवै पक्षबीच के कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा छलफल अघि बढेको छ’, बैठकमा सहभागी एक नेताले भने ।

राप्रपाले तोक्यो अञ्चल इन्चार्ज

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह चुनावका लागि १४ अञ्चलमा इन्चार्ज तोकेको छ। पार्टीको बिहीबारको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई अञ्चल इन्चार्ज तोकेको हो।

आयोगको निर्णय विरुद्ध राप्रपाद्वारा धर्ना

निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय अगाडी जुलुस सहित धर्ना गरेको छ । राप्रपाले सोमबार नै जिल्ला निर्वाचन अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ ।

जमलमा राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप, पाँच सेल अश्रुग्यास प्रहार

पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा निर्वाचन आयोगमा धर्ना दिन गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप भएको छ।

राप्रपा विधान विवाद : कानुनका ज्ञाता विभाजित

पक्षमा तर्क गर्नेहरू संवैधानिक वा औपचारिक निकायमा प्रस्तुत गर्ने दस्ताबेज कानुनसँग बाझिन नहुने बताउँछन् भने विपक्षमा रहनेहरूले संविधानले पूर्ण स्वतन्त्रताको व्यवस्था गरेको हुँदा आयोगको निर्णय सही नभएको बताएका छन्।

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गराएको छ।

निर्वाचन आयोगविरुद्ध राप्रपाको विरोध जुलुस

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आइतबार त्यसविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

राप्रपा जिल्ला विस्तारित बैठक गर्न निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिकोण गरी केन्द्रीय नेतृत्वलाई सम्बन्धित जिल्लामा यही चैत १० गतेभित्र जिल्ला कार्य समितिको विस्तारित बैठक सम्पन्न गर्न निर्देशन दिएको छ ।

आयोगले निर्णय नसच्याए चुनावी वातावरण बिग्रने राप्रपाको चेतावनी

निर्वाचन आयोगले संविधानसँग बाँझिएको भन्दै विधानबाट 'सनातन हिन्दु राष्ट्र' र 'संवैधानिक राजतन्त्र' हटाइदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोग निर्णयविरुद्ध कानुनी उपचार खोज्नेदेखि सडक आन्दोलनसम्म गर्ने घोषणा गरेको छ।

राप्रपाले संवैधानिक उपचार खोज्ने

पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएको निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक उपचार खोज्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्