२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गराएको छ।

राप्रपाकि प्रमुख सचेतक कुन्तिकुमारी शाही सहित ६ जनाले संसद सचिवालयमा दर्ता गराएको प्रस्तावमा संविधानको धारा ४ (१) मा उल्लेखित धर्म निर्पेक्ष भन्ने शब्दको सट्टामा हिन्दु राष्ट्रको माग गरिएको छ।

गैर सरकारी विद्येयक दर्ता गराउने अन्य सांसदहरुमा जयन्त चन्द, विक्रम बहादुर थापा, सुशील कुमार श्रेष्ठ, भाष्कर भद्रा र भक्त बहादुर खपाङगी छन्।

नेपाल वहुजातीय, बहुधार्मिक, बहुभाषिक राष्ट्र हुँदाहुँदै पनि ८१ % भन्दा बढी हिन्दु, ९ % बौद्ध र ३ % किराँत धर्मलगायत ९४ % भन्दा बढी ओमकार परिवारका जनता रहेको, र सबै समुदायहरु बीच सौहार्दपूर्ण सम्बन्ध रही एक आपसमा धार्मिक सहिष्णुता रहेको, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र रहने गरी संविधानमा संशोधन हुन उपयुक्त भएकोले धर्म निरपेक्षको सटृा पूर्ण धार्मिक स्वतन्त्रता सहित सनातन हिन्दु राष्ट्र राख्नका लागि संशोधन विधेयकमा उल्लेख छ।  

निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राज संस्था शब्द हटाए पछि राप्रपाले संविधानमा हिन्दु राष्ट्र राख्न संशोधन दर्ता गराउने निर्णय गरेको थियो।

प्रकाशित: ६ चैत्र २०७३ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App