९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

लोहनी नेतृत्वमा राप्रपा राष्ट्रवादी

काठमाडौं- स्थानीय तह चुनावको मुखमा दुई नयाँ दल जन्मिएका छन्। केही दल मिल्ने तयारीमा जुटेका छन्।

राप्रपा पूर्वनेता डा. प्रकाशचन्द्र लोहनी, केशरबहादुर बिष्ट, गणेश शेरचनलगायत नेताले बुधबार निर्वाचन आयोगमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) दल दर्ताका लागि निवेदन दिएका छन्।

नयाँ शक्ति पार्टीबाट कारबाहीमा परेका निर्मल भट्टराईले पनि नयाँ शक्ति नेपाल नामक दल गठन गरेको घोषणा गरेका छन्।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि लोहनीले पत्रकार सम्मेलन गरी नयाँ दल दर्ता गराएको बताए। सो नयाँ दलले हिन्दु राष्ट्र र राजसंस्थालाई प्रमुख अजेन्डा मानेको छ। नयाँ दलको केन्द्रीय समिति ७१ सदस्यीय तोकिएको छ। लोहनी अध्यक्ष रहेको सो पार्टीमा बिष्ट वरिष्ठ नेता र शेरचन वरिष्ठ उपाध्यक्ष छन्। सो पार्टीका केन्द्रीय सदस्य महेश्वर रोकाले राप्रपाबाट अरू धेरै नेताले आउने चाहना देखाएकाले महासचिव पद खाली राखिएको बताए। 'राप्रपाबाट अरू धेरैले हाम्रो पार्टीमा आउने इच्छा देखाउनुभएको छ। त्यसैले हाल महासचिव पद खाली राखेका छौं', रोकाले भने।

 

प्रकाशित: १७ चैत्र २०७३ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App