२३ असार २०८१ आइतबार
image/svg+xml

धादिङमा एमाले–कांग्रेस सँगसँगै, रुवीभ्यालीमा राप्रपा

स्थानीय तहको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले र नेपाली कांग्रेस सँगसँगै प्रतिष्पर्धामा देखिएका छन् । जिल्लामा १३ स्थानीय तह छन् ।

ललितपुरमा राप्रपालाई एमालेको धोका !

स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडा भएको तलमेललाई मतदाताले अस्वीकार गरिदिएका छन्। एमाले मतदाताको सहयोग नपाउँदा महानगरपालिकाका ७ वडाको मतपरिणाम आउँदा राप्रपा वडा सदस्यमा समेत विजयी हुन सकेको छैन।

राप्रपासँगको तालमेल मतदाताद्वारा अस्वीकार, उम्मेदवारबिनाको सूर्य चिन्हमा बढी मत

ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडामा भएको तलमेललाई मतदाताले बदर अस्वीकार गरेका छन्। एमालेले मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुलाल प्रधानलाई मतदानगर्ने सहमति अनुसार ललितपुरको उपमेयरमा एमलेले उम्मेदवार उठाएको थिएन।

कााभ्रेमा राप्रपाका उम्मेदवारको मृत्यु

काभ्रेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका  वडा सदस्यका उम्मेदवारको मृत्यु भएको छ । धुलिखेल नगरपालिका वडा नं १२ को वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको मृत्यु  भएको हो । उनको मृत्यु पश्चात सो वडामा निर्वाचन नहुने भएको छ।

राप्रपा कार्यकर्ता सवार जिप दुर्घटना, १२ घाइते

चुनाव प्रचारमा गएको राप्रपा कार्यकर्ता सवार बा १६ च ५२७१ नंको जिप सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

राप्रपा नेता आचारसंहिता मिच्दै हेलिकप्टर लिएर चुनावी सभामा

वैशाख ३१ गते हुने निर्वाचन प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। तर निर्वाचन आचार संहिता अटेर गर्दै राप्रपाका नेताहरु हेलिकप्टर चार्टर गरेर चुनावी सभा गर्न सोमबार धादिङको रुवीभ्याली पुगेका छन्।

भिमसेन गाउँपालिकामा राप्रपाको उम्मेद्वार तय

गोरखाको भिमसेन गाउँपालिकामा राप्रपाले प्रमुखका लागि किशोरप्रसाद ढकालको उम्मेद्वारी दर्ता गराएको छ ।

एमाले-राप्रपा तालमेलका संकेत

कमल चुनावी तालमेलको गीत गाउँदै जनताको बहुदलीय जनवादी जहाजमा सवार हुन पुगेका छन्।् अहिले पनि समय छ एमालेहरू होसियार हुने।

संविधान संशोधनको पक्षमा भोट हाल्छौं- राप्रपा प्रमुख सचेतक

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले सरकारबाट बाहिरिएपनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने स्पष्ट पारेका छन्।

राप्रपासँगको तालमेललाई नौलोरुपमा नहेरौं: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तारुढ दलले अघि सारेको संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव दुवै फिर्ता लिनु पर्ने बताएका छन्।

काठमाडौं र ललितपुर महानगरमा एमाले-राप्रपाबीच चुनाबी तालमेल

राजधानी भित्रका दुई मुख्य महानगरपालिकाहरु काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपाबीच चुनाबी तालमेल हुने भएको छ। सोमबार राति सरकारबाट बाहिरिएको राप्रपा त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षसँग गठबन्धन निर्माण गर्न सफल भएको हो।

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो राप्रपा

पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियाेग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेकाे राप्रपाले साेमबार साँझ सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

राप्रपाले सरकार छाड्ने

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोगप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने भएको छ।

राप्रपाले सरकार छोड्ने

सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएको छ। सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने राप्रपा स्रोतले जनाएको छ।

संविधान संशोधनको पक्षमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसद्मा पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्